नौं महिनाको अवधीमा साढे आठ सयमा देखियो ‘इन्फ्लुएन्जा’

काठमाडौँ, १९ भदौ । पछिल्लो नौ महिना यता ८४६ जनामा कडा खालको मौसमी रुघाखोकी अर्थात इन्फ्लुएन्जा ए,  एच -१एन-१ देखा परेको छ । ती मध्ये १२ जनाको ज्यान गएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत जनवरी १ देखि सेस्टेम्बर ३ सम्मको अवधीमा अस्पताल पुगी प्रयोगशाला परीक्षण गराउनेको संख्या २ हजार ५३१ रहेको जनाएको छ ।

‘शंकागरी परीक्षण गराएका मध्ये करीब एक तिहाईमा पोजेटिभ देखियो । त्यसमध्ये १२ जनाको ज्यान पनि गयो । ज्यान जानेमध्ये ६ जनामा अरु जटिल रोगहरु भएको जानकारी गराउन चाहन्छु,’महाशाखाका निर्देशक डा भीम आचार्यले बताए ।

उनले कतिपयले मौसमी रुघाखोकी इन्फ्लुएन्जा ए,  एच-१एन-१लाई स्वाइनफ्लु भनिने गरिएपनि अहिले यसको नाम परिवर्तन भईसकेको बताए ।

उनले बच्चा बृद्ध तथा अन्य जटिल रोग लागेकाहरु जो रोग प्रतिरोधात्मक क्षमता कमजोर छ । तिनीहरुमा यो रोगले जटिलता ल्याउन सक्ने समेत अथ्र्याए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *