अर्धचेत विरामीबाट रगत तान्न अस्वीकार गर्ने नर्सको घटनामाथि छानविन शुरु (भिडियो)

लस एन्लेल्स (संयुक्त राज्य अमेरिका), १७ भदौ । अमेरिकी राज्य युतामा एक अस्पतालमा उपचारका लागि अर्धचेत विरामीको रगत निकाली प्रहरीको आफन्तलाई नदिलाएको भनी एक नर्सलाई पक्राउ गरिएको घटनामथि अनुसन्धान शुरु भएको छ ।

गत जुलाई २६ मा साल्ट लेक सिटीस्थित एक अस्पतालमा अलेक्स वब्बललाई प्रहरीले नियन्त्रणमा लिई करिब २० मिनेटसम्म प्रहरीकै गाडीमा वन्दी बनाएको श्रब्यदृष्य सामग्री (भिडिया फुटेज)ले बजारमा चर्चा लिन थालेपछि यस घटनामा दोषी भनी आरोपित दुई प्रहरीसहित एक अधिकारीमाथि अनुसन्धान शुरुभएको छ । प्रहरीले घटनाको अनुसन्धान नगरी प्रशासनिक विदामा बसेको आरोप दुई प्रहरीमाथि लगाएको छ ।

प्रहरीको शरिरमा रहेको क्यामेरा तथा अस्पतालको सिसी क्यामेरामा रहेको रेकर्डमा नर्सलाई अस्पतालबाट हतकडी लगाएर प्रहरी कारमा करिब २० मिनेटसम्म बन्दी बनाएको र ती महिला चिच्याउँदै गरेको देखिइएको छ । श्रब्यदृष्य सामग्रीमा नर्सले मैले गल्ति गरेको छैन मलाई दुःख दिँदै हुनुहुन्छ । यसो नगर्नुस रोक्नुस भनी चिच्याएको रेकर्डमा रहेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा छ ।

अस्पतालका प्रवक्ता सुजाने विनचेस्टरले नर्सलाई अस्पताल प्रशासनको हस्तक्षेपपछि छुटाइएको बताए ।

यो असाधारण घटना हो। सवै यसबाट स्तब्ध भएका छौँ । बिरामीको अनुमतिविना नै रगत निकाल्न दवाव दिएको भए यसमा सम्लग्न दोषीमाथि कारबाही हुनुपर्छ, विनचेस्टरले बताए। रासस/एएफ्पी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *