स्वास्थ्यमन्त्री पोखरेलको स्वास्थ्यमा सुधार तर डिस्चार्ज हुन केही दिन लाग्ने

काठमाडौँ, १५ भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको स्वास्थ्यमा सुधार भएको छ । तर अझै कम्तीमा तीन दिनसम्म अस्पतालमै रहने मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

गम्भीर अस्वस्थ भएपछि मन्त्री पोखरेल गत आइतबार बीर अस्पतालमा भर्ना भएका थिए । उनलाई भिआईपी कक्षमा राखेर उपचार गरिएको छ ।

अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले डाइफाइड, निमोनिया तथा कडा खालको मौसमी रुघाखोकीले समस्या पारेपनि अहिले त्यो नियन्त्रणमा आईसकेको बताए । तर केही दिन अझै आरामको जररी भएकोले कम्तीमा शनिबारसम्म अस्पतालमै रहनसक्ने उनले बताए । ‘हामीले त्यहि सल्लाह दिएका छौँ । सम्भवत अझ दुई तीन दिन अस्पतालमै रहनुहुन्छ होला,’ उनले भने

मन्त्रीका प्रेस सल्लाहकार सुनिल खड्काले पनि अझ केही दिन अस्पतालमै रहने जानकारी दिए । अहिले स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ तर चिकित्सकले केही दिन आराम गर्नु राम्रो हुने बताउनु भएको छ । त्यसैले कम्तिमा शनिबारसम्म हस्पिटलमै रहनुहुन्छ होला । उनले भने ।

साउनको पहिलो साता तराईको बाढीग्रस्त क्षेत्रमा पुगी अनुगमन, राहत र उद्धारमा खटिएका मन्त्री पोखरेल अस्वस्थ भएपछि राजधानी फर्केर बीर अस्पतालमा भर्ना भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *