भारतको सरकारी अस्पतालमा ४२ बालबालिकाको मृत्यु

नयाँदिल्ली, १५  भदौ । भारतको उत्तरी राज्य उत्तर प्रदेशका एक सरकारी अस्पतालमा ४२ जना बालबालिकाको मृत्यु भएको छ ।

गत ४८ घण्टामा गोरखपुरमा रहेको बाबा राघभ दास मेडिकल कलेजमा उनीहरूको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

मृत्यु भएका ४२ मध्ये सात जनालाई इन्सेफ्लाटिस र बाँकी अन्यलाई बालबालिकासम्बन्धी रोगका कारण मृत्यु भएको मेडिकल कलेजका प्रचार्य डा पी के सिंहले भने ।

यद्यपि स्थानीय केही सञ्चारमाध्यमहरूले गत ७२ घण्टाको अवधिमा ६१ जनाको मृत्यु भएको खबर लेखेका छन् । तर यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

विभिन्न अस्पतालहरूमा गत तीन हप्तामा ७० जना भन्दा बढीको मृत्यु भएको बताइएको छ । अक्सिजनको अभावलगायतका विभिन्न समस्या र रोगहरूका कारण उनीहरूको मृत्यु भएको अस्पतालका अधिकारीहरूले बताएका छन् ।

प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा पुगेर मुख्यमन्त्री योगी आदित्यले उत्तरप्रदेशको आफ्नो निर्वाचन क्षेत्रका, उत्तर प्रदेशको अन्य छिमेकी जिल्ला र नेपालका समेत गरी सयौं विरामीलाई भेट्नु भएको छ ।

“नेपाल, विहार र उत्तर प्रदेशको धेरै ठाउँमा भीषण वर्षा भएकाले अवस्था अझ नराम्रो हुन सक्छ, दैनिक धेरैभन्दा धेरै बालबालिका अस्पतालमा ल्याइएको छ,” एक जना चिकित्सकले भने । रासस÷सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *