राष्ट्रिय स्वास्थ्यकर्मी संघ रसुवाद्धारा बाढी पीडितका लागि आर्थिक सहयोग

काठमाडौँ, १५ भदौ । राष्ट्रिय स्वास्थ्य कर्मीसंघ रसुवाले प्रधानमन्त्री दैबीप्रकोप उद्धार कोषका लागि १७ हजार २ सय रुपैयाँ सहयोग गरेको छ । नेपाल बैक लिमिटेड धुन्चे शाखामा रहेको प्रधानमन्त्री दैबीप्रकोप उद्धार कोषको खाता नं ००२००१००५१००३९०००००१ मा रकम जम्मा गरी त्यसको भौचर प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल मार्फत प्रधानमन्त्री दैबीप्रकोप उद्धार कोषमा पठाएको छ ।

देशका विभिन्न भागमा बाढी तथा पहिरोबाट प्रभावित जनतालाई राहत सहयोग पुरयाउन संघले देशभर रहेका सदस्य तथा समितिलाई आवहान गरे अनुरुप जिल्ला समिति रसुवाले सो रकम उपलव्ध गराएको हो ।

समितिले रकमका लागि जिल्लाका स्वास्थ्यकर्मीहरुसंग सहयोग मागेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *