मौसमी रुघाखोकीबाट अर्को एकजनाको मृत्यु

पोखरा, ८ भदौ । मौसमी रुघाखोकीबाट पोखरामा अर्को एक नाबालकको मृत्यु भएको छ । पोखरा–लेखनाथ महानगरपालिका–१७ छोरेपाटनस्थित शीतल चौतारीका ११ महिनाका नाबालकको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले जानकारी दिए।

उनलाई पोखराको ओम अस्पतालमा उपचारका लागि ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लगिएको थियो । एक महिनाअघि सो रोगबाट तीन जनाको मृत्यु भइसकेको छ ।

अगस्त महिनाको १५ दिनमै १९३ जनामा मौसमी रुघाखोकीको लक्षण देखापरेको बरालको भनाइ छ । मौसमी रुघाखोकीको परीक्षण गराउने पश्चिमाञ्चलको एक मात्र क्षेत्रीय स्वास्थ्य प्रयोगशालामा फेब्रुअरी महिनादेखि आजसम्म ३१५ जनाको परीक्षण गराउँदा २८२ जनामा पोजिटिभ देखिएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *