काँक्रो खानुका फाइदा

Cucumber-Boston-Pickling

मौसम परिवर्तन संगै बजारमा बिभिन्न किसिमका फलफूलहरु देख्न सकिन्छ त्यसैले गर्मी मौसममा काँक्रो सबैको घरघरमा पुगेकै हुन्छ र प्राय सबै ब्यक्तिहरुलाई मन पर्छ ।

काँक्रोको सेवनले शारीरलाई निकै फाईदा गर्छ । यसमा ‘इरेप्सिन’ नामक एम्जाइम हुन्छ जुन प्रोटिन पचाउनमा मद्दत गर्छ ।

काँक्रोमा ९६ प्रतिशत पानी मात्र हुने भएकोले यसमा भिटामिन ए, बी वान, बी सिक्स, सी, डी, पोटासियम, फस्फोरस , आइरन आदि प्रसस्त मात्रामा पाईन्छ । नियमित रुपमा काँक्रोको जुस बनाएर पिउनाले शररिको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाई राख्छ ।

काँक्रोका अन्य फाईदाहरु निम्न छन् :

१. काँक्रोको नियमित सेवनले कपाल र त्वजालाई सुन्दर र स्वस्थ बनाउन मद्दत गर्छ ।

२. क्यान्सरको खतरा हुनबाट जोगाउँछ ।

३. महिनावारी हुँदा देखिन सक्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. मधुमेह वा उच्चरक्तचाप भएका ब्यक्तिहरुका लागि फलदायी हुन्छ ।

५. काँक्रोमा क्यालोेरी कम हुन्छ र पानीको मात्रा बढी हुने भएकाले शरीरको तौल घटााउन मद्दत गर्छ । यसमा फाइबर बढीमात्रामा हुन्छ जसले खाना पचाउन मद्दत गर्छ ।

६. आँखा पोल्ने समस्याबाट छुटकारा मिल्छ । काँक्रोलाई पिसपिस गरेर काटेर आँखाको ढकनीलाई छोपेर राख्यो भने आँखालाई चिसो बनाई राख्छ र आँखा पोल्ने समस्याबाट मुक्ति मिल्छ ।

एजेन्सीको सहयोगमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *