अङ्ग प्रत्यारोपणमा योगदान गरेको भन्दै डाक्टर पुकारलाई सम्मान


काठमाडौं, २ भदौ ।नेपालको चिकित्सा क्षेत्रमा अङ्ग प्रत्यारोपण सम्बन्धि कार्य र त्यस सम्बन्धि जनचेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिएको भन्दै नेपाल भारत मैत्री समाजले मानव अङ्ग प्रत्यारोपण केन्द भक्तपुरका कार्यकारी निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठलाई सम्मान गरेको छ ।

भारतको ७० औ स्वतन्त्रता दिवसको अबसरमा गत मंगलबार काठमाडौं स्थित भारतीय दूतावासमा आयोजित बिशेष कार्यक्रममा डा. श्रेष्ठलाई सम्मान गरेको हो ।

नेपालका लागि भारतीय राजदुत मनजित सिह पुरीले डाक्टर श्रेष्ठलाई सम्मान गरेका हुन् । सो अबसरमा बोल्दै राजदुत पुरीले नेपालमा मिर्गौला तथा कलेजो प्रत्यारोपणमा डाक्टर श्रेष्ठको भुमिका अतुलनीय रहेको भन्दै आफ्नो सीप र ज्ञान अन्य मुलुकमा समेत बिस्तार गर्नुपर्ने बताए ।

उक्त अबसरमा बोल्दै डाक्टर श्रेष्ठले सम्मानले दायित्व र जिम्मेवारी थपिएको बताए ।

सोही अबसरमा नेपालको कला सस्कृतिमा योगदान पुर्याएको भन्दै सस्कृतिबिद सत्यमोहन जोशीलाई समेत सम्मान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *