स्वास्थ्यमा अधिकृत स्तरको पद कति खाली छ ? मन्त्रालयले शुरु गऱ्यो गणना

काठमाडौँ, १ भदौँ । स्वास्थ्य मन्त्रालयले आफू मातहतका सरकारी कार्यालयमा कार्यरत स्वास्थ्य तथा निजामती सेवा तर्फ अधिकृतस्तरको रिक्त पदहरुको गणना सुरु गरेको छ ।

प्रदेशगत रुपमा रिक्त पदहरुको विवरण हेर्न, समायोजना ऐन पास भएपछि कार्यान्वनय तहमा जोड दिन तथा संघीयता कार्यान्वनय गर्ने योजना अनुरुप रिक्त पदको गणना सुरु गरेको हो ।

मन्त्रालयले गत साता सबै विभाग, केन्द्रीय निकायहरु , क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय तालिम केन्द्रहरु , क्षेत्रीय र उपक्षेत्रीय अस्पतालहरु, अञ्चल अस्पतालहरु तथा सबै जनस्वास्थ्य कार्यालयहरुलाई पत्र पठाई रिक्त विवरण यथासक्य चाँडो पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव बाबुराम खनालले कर्मचारीको विवरण अध्यावधिक गर्नका लागि पनि यस्तो निर्देशन पठाइएको बताए । उनले संघीयतालाई कार्यान्वनयमा ल्याउदै गर्दा स्वास्थ्यमा कार्यरत कर्मचारीको विवरण चाहिने र कर्मचारी समायोजन ऐन आएको अवस्थामा अझ बढी आवश्यक पर्ने भएकोले विबरण मागिएको बताए ।

उनले स्वास्थ्यका सबै निकायहरुले आफू अन्तरगर्तको कार्यालयमा भएको दरवन्दी र रिक्त पदहरु खुलाएर पठाउन भनिएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *