चिकित्सक संघले पनि फिर्ता लियो आन्दोलनका कार्यक्रम

काठमाडौँ, २८ साउन ।  नेपाल चिकित्सक संघले हिजो देखि सुरु गरेको देशव्यापी आन्दोलन फिर्ता लिएको छ । डा गोविन्द केसीको जीवन रक्षार्थ भन्दै संघले हिजो दिउसोबाट देशव्यापी रुपमा आकस्मिक बाहेकका सेवा नदिने घोषणा गरेको थियो ।

गएराती देखि परेको अविरल बर्षासंगै आएको बाढी पहिरोले देशका विभिन्न भुभागमा ठूलो जनधनको क्षति पुगेपछि संघले शनिबार बेलुका नै आन्दोलनको सबै कार्यक्रम फिर्ता भएको जनाएको हो । संघका महासचिव डा लोचन कार्कीद्धारा जारी विज्ञप्तीमा सम्पूर्ण शाखा कार्यालयलहरुले आफ्ना सदस्यहरुलाई बाढी पहिरोबाट प्रभावित जिल्लाहरुमा अविलम्ब खटाई आईपर्न सक्ने स्वास्थ्य समस्याको समाधानमा सहयोग गर्न आग्रह गरिएको छ ।

यसअघि डा गोविन्द केसीले संघका उपाध्यक्ष डा ढुण्डीराज पौडेललाई फोन गरी आन्दोलन फिर्ता लिएर बाढी पिडीत क्षेत्रमा खटिन आग्रह गरेका थिए ।

डा केसीको जीवन रक्षार्थ भन्दै गत २४ साउन देखि आन्दोलनमा उत्रिएको सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले पनि प्राकृतिक विपत्ती आई लागेको भन्दै आजैबाट आन्दोलन फिर्ता लिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *