डा. गोविन्द केसी र सर्वसाधारणका नाममा स्वास्थ्य मन्त्री पोखरेलको आयो अपिल

काठमाडौँ, २८ साउन । अविरल बर्षा पछि आएको बाढीबाट ठूलो धनजनको क्षतिपुगेको अवस्था र डा गोविन्द केसीको लम्बिदो अनसनप्रति स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेले अपिल जारी गरेका छन् । केही बेर अघि जारी अपिल यस्तो छ ।

अपिल

केही दिन देखि देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण उत्पन्न बाढी पहिरो र डुबानले धनजनको अपुरणिय क्षती भएकोमा हामी मर्माहित भएका छौं । यस प्राकृतिक बिपत्तीमा परी ज्यान गुमाउनु हुने सम्पुर्णमा हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछु । यस बिपत्तीमा पर्नुभएका सम्पुर्ण घाईतेहरुको स्वास्थ्य लाभको कामना पनि गर्दछु ।

यो असहज र विपदको अवस्थामा घाईते तथा बिस्थापितहरुको तत्काल उपचार गर्ने गराउने ब्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय प्रतिबद्व रहेको जानकारी गराउँदछु । यस सन्र्दभमा स्वास्थ्य मन्त्रालय र अन्तरगतका निकायहरु परिचालित भै सकेका छन । मन्त्रालयका उच्च अधिकारी, बिषेशज्ञहरुको नेतृत्वमा टोली बनाई प्रभावित क्षेत्रमा पठाईएको छ । साथैं स्वास्थ्य मन्त्रालयले Rapid Response Team लाई Allert राखेर काम गरी रहेको छ ।

यस बिषम परिस्थितीमा बाढी पहिरोबाट बिस्तापित, घाईते एवं प्रभावितहरुमा औषधी तथा उपचारवाट बंचित हुने अवस्था सृजना हुन नदिन, यसपछी उत्पन्न हुने झाडापखाला, हैंजा, आउ, जण्डिस लगायतका रोगब्याधी तथा महामारी फैलन सक्ने सम्भावनाप्रती अहिल्यैंदेखी नैं सतर्क रहन सम्पूर्ण सरकारी, गैर सरकारी तथा नीजि स्वास्थ्य संस्था, निकाय एवं स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्दछु ।

यस्तो बिषम अवस्थामा सरकारी स्वास्थ्य प्रणालीमा रहेका स्वास्थ्यकर्मीहरुलाई छुट्टीमा नबस्न, तालिम, भेला, गोष्ठी लगायतका सम्पुर्ण कार्य रोकी कार्यस्थलमा फर्केर आफ्नो जिम्मेवारी सम्हाल्न, २४ सैं घण्टा फिल्डमा रहेर सेवा दिन र आवश्यक औंषधी तथा जनशक्तिको व्यवस्था मिलाउन बिषेश निर्देशन गर्दछु ।

देशको यो परिस्थितीलाई ध्यान दिएर आफ्नो उत्तरदायित्व निर्वाह गर्न सम्पूर्ण सरोकारवाला निकाय तथा समुदायहरुलाई जिल्ला स्थित Rapid Response Team, सबैं सरकारी स्वास्थ्य संस्था एवम सरुवा रोग तथा महामारी रोग नियन्त्रण महाशाखा काठमाण्डौं (हटलाईन नम्बर ०१–४१००१८७÷०१–४२६२२६८ र मोबाईल नम्बर ९८५१०९६०८९ )संग सम्पर्क समन्वय र सहकार्यगरी विपद व्यवस्थापनमा जुटन अनुरोध गर्दछु ।

यही बेला २० औं दिनदेखी डा. गोविन्द केसी को अनसन जारी छ । डा. गोविन्द केसी लगायतका साथीहरुको माग सम्बोधन र सम्मान गर्न प्रधानमन्त्रीको सक्रियतामा शिक्षा, स्वास्थ्य मन्त्रालय र नागरिक समाज समेत क्रियाशिल रहेको सर्वविदितैं छ ।

माथेमा आयोगको मूल मर्मको आधारमा चिकित्सा विधेयक संसदको बालबालिका तथा समाज कल्यांण एवं जेष्ठ नागरिक समितिबाट सर्वसम्मतीले पारित भई संसदको पुर्ण सदनमा पेश हुने क्रममा छ ।

यस परिस्थितीमा बाढी पहिरोबाट उत्पन्न असहज अवस्थालाई समेत दृष्टिगतगरी डा.के.सी.लाई आफ्नो अनसन अन्त्यगरेर सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई बाढी प्रभावित क्षेत्रमा गई स्वास्थ्य सेवामा जुट्न उत्प्रेरित गरिदिनु हुन बिशेष अपिल गर्दछु ।

 

मितिः २०७४/०४/२८

गिरिराजमणी पोखरेल
मन्त्री
स्वास्थ्य  मन्त्रालय

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *