बाढी अति प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटाउने निर्णय

काठमाडौँ, २८ साउन । स्वास्थ्य मन्त्रालयले अति बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य कर्मीको टोली परिचालन गरेको छ । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा विहान १० बजे मन्त्रालयमा बसेको आकस्मिक बैठकले बाढी अति प्रभावित जिल्लामा टोली परिचालन गर्ने निर्णय गरेको हो ।

अबिरल बर्षा पछि तराईका जिल्लामा आएको बाडीले पुरयाएको क्षति र त्यसपछि देखिनसक्ने प्रकोपलाई दृष्टिगत गर्दै केही जिल्लामा स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने निर्णय गरेका हौँ । अन्य जिल्लामा उच्चसतर्कतामा रहन निर्देशन दिएका छौँ । मन्त्री पोखरेलले भने ।

मन्त्रालय, इटहरी सप्तरी सर्लाही, बाँके लगायतका जिल्लामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिसकेको जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले विहानको बैठकले क्षतिको बिबरण लिने र आवश्यकता अनुसार टोली परिचालन लिने निर्णय भएको बताए । उनले जिल्ला, क्षेत्र तथा केन्द्रमा थप जनशक्ति तयारी अवस्थामा रहेको बताए ।

अबिरल बर्षा पछि आएको बाढी र डुवानमा तराईका विभिन्न स्वास्थ्य संस्था डुवानमा परेका छन् । विभिन्न जिल्लामा गरी बाढीबाट २ दर्जन बढीको ज्यान गईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *