रामपुर नगरप्रमुख थापाद्धारा ब्लड क्यान्सर कोषका लागि सहयोग

पाल्पा, २७ साउन । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले आशिष बालउत्थान ब्लड क्यान्सर कोष स्थापनाका लागि रु एक लाख सहयोगको घोषणा गरेका छन् ।

झण्डै डेढ महिनाअगाडि रामपुर नगरपालिका–५ बेझाड बजार बस्ने ७ वर्षीय बालक आशिष श्रेष्ठको ब्लड क्यान्सर रोगका कारण उपचारका क्रममा मृत्यु भएको थियो । उनको सम्झनामा नगर प्रमुख थापाले कोष स्थापनाका लागि व्यक्तिगत रुपमा रु एक लाख दिने बिहीबार घोषणा गरेका हुन् ।

सो कोष रामपुर अस्पतालको मातहतमा राखेर गरिब तथा असहाय बालबालिकाका लागि उपचारमा सहयोग गरिने प्रमुख थापाले बताए । आर्थिक अभावमा कोही पनि बालबालिका उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सो कोष स्थापना गरेको थापाले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *