सुत्केरी हुन नसकी गर्भवती महिलाको ज्यान गयो


डडेल्धुरा, २४ साउन । जिल्लाको भित्रीमधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकामा सोमबार एक गर्भवती महिलाको सुत्केरी हुन नसकी मृत्यु भएको छ । जोगबुढा प्रहरीका अनुसार आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पु¥याइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

परशुराम नगरपालिका वडा नं ६ घर भएकी पुष्पालाई सोमबार बिहान जोगबुढा अस्पतालमा उपचार हुन नसकेपछि सुत्केरी व्यथा बढिरहेको अवस्थामा धनगढी सिफारिस गरी पठाएको जोगबुढा अस्पतालले जनाएको छ । पुष्पाको धनगढी नपुग्दै बाटोमा नै मृत्यु भएको उनका आफन्तको भनाइ छ ।

पुष्पालाई आइतबार बेलुकादेखि नै सुत्केरी व्यथा लाग्दा जोगबुढा अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरी व्यथा बढेसँगै उनलाई जोगबुढा अस्पतालले आफूले उपचार गर्न नसक्ने भन्दै सिफारिस गरी पठाएकोे जनाएको छ ।

जोगबुढा अस्पतालको लापरबाहीका कारण समयमा उपचार हुन नपाउँदा पुष्पाको ज्यान गएको उनका आफन्तले आरोप लगाएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *