‘चिकित्सा शिक्षा विधेयक पास हुँदा केही परिवर्तन त हुन्छ’

रन्जु झा – सभापति, महिला बालबालिका जेष्ठ नागरिक तथा समाजकल्याण समिति

यतिवेला डा गोविन्द केसीको अनसनसंग जोडिने विषय चिकित्सा शिक्षा विधेयक हो । जो तपाईँले नेतृत्व गरेको समितिमा छ ? कुन अवस्थामा छ विधेयक ?
ठिक भन्नु भयो, डा गोविन्द केसीका पछिल्ला अनसनसंग जोडिएर आईरहेको विषय हो चिकित्सा शिक्षा विधेयक । महिला बालबालिका जेष्ठनागरिक तथा समाजकल्याण समिति जो मैले नेतृत्व गरेको छु । अहिले सो विधेयक हामीसंगै छ । छलफलकै क्रममा छ । समितिका सदस्य माननीयहरुले विभिन्न संसोधन प्रस्ताव पनि राख्नु भएको छ । अहिले त्यो पनि छलफलकै क्रममा छ ।

यो विधेयक पास नभएसम्म अनसन नतोडने डा केसीको अडान छ तपाईँहरु छलफलमै लागि रहँनु भएको छ । यो छलफल कतिसम्म लम्बिन्छ ?
डा केसीको अनसन र अडान आफ्नो ठाँउमा छ । तर हाम्रो पनि प्रक्रिया छ । म एक्लै ले पास गराउन मिल्ने भए त म दुईघण्टामै सिध्याई दिन्थे होला । तर यहाँ विभिन्न पार्टीका सदस्यहरु हुनुहुन्छ । र विधेयक माथि छलफल हुने आफ्नै प्रक्रिया हुन्छ । त्यसलाई नाघ्न मैले मिल्दैन । यद्धपी हामीले सकेसम्म छिटो पास गराउने कोशिसमा छौँ ।

त्यसो भए भनिदिनुस तपार्ईँको समितिमा अझै कति दिन रहन्छ यो विधेयक ?
हामी लगभग अन्त्य तिर छौँ । हाम्रो समितिमा अव बढीमा तीन दिन लाग्गा कि यो विधेयक पास हुन । त्यसपछि हामी संसदमा पठाउँछौँ । यसलाई अन्तिम स्वीकृत दिन्छ । तर त्यो कहिलेसम्म भन्ने चाहि मैले भन्न सक्ने कुरा होइन । संसदको पनि आफ्नै प्रक्रिया छ ।

भनेपछि चार पाँच दिनमा यो विधेयक पास हुने लक्षण देखियो त हौइन ?
हाम्रो समितिले बढीमा तीन दिनमा यो विधेयक संसदमा पठाउँछ । संसदको बहुमत सदस्यले सदस्यसंख्याले यसलाई अघि बढाई अन्तिम टुंगोमा पुरयाउने हो । हिजो मात्रै पास भएको अपांगता सम्वन्धी कानून पनि हामीले संसदमा एक महिना अघि पठाएका थियौँ तर पास भयो हिजो मात्रै । यसैले संसदको कुरा भन्न सकिन्न ।

अनि विधेयक ससोधन नै संसोधन गरी मुल मर्म नै तोडिने गरि आउँदै छ भन्ने हल्ला छ नि ? यस्तो भयो भने त डा केसी पुन अनसन बस्ने होला ?
्पुन : अनसनको कुरा गर्नुभयो । म भन्न चाहन्छु डा केसी पुन अनसन नबस्नुहोस । कमी कमजोरी क्रमश सच्चिदै जान्छन् । अर्को कुरा संसोधन हाल्ने भनेको संसदीय प्रक्रिया हो । यसमा डा केसीले भनेकै मात्रै कुरा रहन्छन भन्ने छैन । केही थोर बहुँत परिवर्तन हुनसक्छ । तर हामी मुल मर्मलाई भुल्ने छैनौँ । किनभने यसमा १५ १६ पटक बैठक राखेका थियौँ र छलफल गरेका थियौँ । डा केसीलाई समेत बोलाएका थियौँ तर उहाँ आउनु भएन डा जीवन क्षेत्री आउनु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *