केयुका मेडिकल तथा डेन्टल कलेजको अनुगमनमा निस्कियो काउन्सिल


काठमाडौँ, १७ साउन । नेपाल मेडिकल काउन्सिलको टोली काठमाडाँै विश्वविद्यालय अन्तर्गतका मेडिकल तथा डेन्टल कलेजहरुको अनुगमन (इन्सपेक्सन) मा निस्केको छ । आगामी शैक्षिक सत्रका लागि एमबीबीस तथा बीडीएस सीट निर्धारण गर्न टोली एकैपटक अनुगमनमा निस्केको हो ।

स्रोतका अनुसार काउन्सिलबाट विज्ञ सहितको १० वटा टोली आजैबाट ती कलेजहरुको अनुगमनमा खटिएको छ । ती टोलीबाट हुने अनुगमन पछि दिने प्रतिवेदनको आधारमा काउन्सिलले कलेजहरुको सिट निर्धारण गर्दछ ।

केयु अन्तरर्गत विराट मेडिकल कलेज विराटनरग, नोवेल मेडिकल कलेज विराटनगर, कलेज अफ मेडिकल साइन्सेज भरतपुर, लुम्बिनी मेडिकल कलेज पाल्पा, नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज, मणिपाल मेडिकल कलेज पोखरा, काठमाडौँ मेडिकल कलेज सिनामंगल, नेपाल मेडिकल कलेज जोरपाटी काठमाडौँ र कान्तिपुर डेन्टल कलेज बसुन्धरामा सञ्चालित छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *