उच्चस्तरीय अनुगमन टोलीले स्वास्थ्य संस्थामा के देख्यो ? यस्तो छ रिपोर्टिङ

काठमाडौँ, १७ साउन । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले देशभरिका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका चिकित्सक र भौतिक संरचनाको विवरण मागेका छन् ।

उनले सोमबार देशैभरिका सबै सरकारी अस्पताललाई पठाएको लिखित निर्देशनमा मंगलबार साँझ ५ बजेसम्म सबै विवरण बुझाउन निर्देशन दिएका हुन् ।उनको निर्देशनअनुसार काठमाडौं, भक्तपुर र ललितपुरका अस्पतालको विवरण सोमबार साँझै बुझाइएको छ ।

मन्त्री पोखरेलले स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण, औषधिको अवस्था, फार्मेसीको अवस्था, भौतिक पूर्वाधारको अवस्थाको विवरण मागेका छन् । सो विवरणका आधारमा उनले एक साताभित्र स्वास्थ्य सुधारका योजना सार्वजनिक गर्ने कार्यक्रम छ ।

यस्तो छ उपत्यकाको रिपोर्टिङ :

काठमाडौं :
० वीर अस्पतालमा अत्यधिक बिरामीको चाप ।
० काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालय मातहतका स्वास्थ्य संस्थामा कर्मचारी धेरै, तर बिरामीको चाप शून्य ।
० उपत्यकामा सरकारले उपलब्ध गराउँदै आएको निःशुल्कको औषधि अभाव देखिएन ।
० नौ सयभन्दा बढी स्वास्थ्य संस्थाले सञ्चालन अनुमति पाएको ।
० काठमाडौं वरिपरिका पिएसीहरूमा आठजनासम्म छात्रावृत्तिका डाक्टर गएका, तर काम नपाएका । घर बसेर तलबभत्ता बुझेका ।
० न्याम्सका कर्मचारीलाई काममा लगाउन गाह्रो । विशेषज्ञहरू नहुँदा स्वास्थ्य सेवा प्रभावित । हेपाटोलोजी, युरोलोजी, न्युक्लियर मेडिसिनजस्ता रोगका विशेषज्ञको अभाव ।

भक्तपुर :
० भक्तपुर जिल्ला अस्पताल सामान्य सुधारतर्फ जाँदै ।
० स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा भक्तपुर एक कदम अगाडि ।
० भक्तपुर जिल्ला अस्पतालमा आईसीयु सञ्चालनका लागि जनशक्तिको अभाव ।
० संक्रमणकालीन अवस्थाले गर्दा स्वास्थ्य संस्था नवीकरण, स्वीकृतिजस्ता अन्य सिफारिस अन्योलमा ।

ललितपुर :
० ललितपुरका स्वास्थ्य संस्था आर्थिक रूपले आफै धान्ने अवस्थामा रहेको ।
० केही कार्यालयमा कर्मचारीको अभाव ।
० स्थानीय तहमा स्वास्थ्यका कर्मचारी खटाइसकिएको ।
० जिल्लाभरि औषधि आपूर्तिमा कुनै समस्या नरहेको ।

  • नयाँ पत्रिकामा अर्जुन अधिकारीको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *