उपत्यकाका अस्पताल तथा जनस्वास्थ्य कार्यालयमा उच्चस्तरीय अनुगमन

काठमाडौँ, १७ साउन । स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय टोलीले सोमबार उपत्यकाका जिल्ला जनस्वास्थ्य कार्यालय र केन्द्रीय अस्पतालको अनुगमन गरेको छ । स्वास्थ्यमन्त्री पोखरेलको निर्देशन अनुसार कार्यालय र अस्पतालको अनुगमन भएको हो ।

टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुर तथा केन्द्रीय अस्पतालहरु बीर , पाटन, मानवअंग प्रत्यारोपण केन्द्र लगायतका अस्पतालहरुको अनुगमन तथा निरीक्षण गरेको थियो ।

सो क्रममा टोलीले ती अस्पतालमा जनशक्ति, उपकरण, भौतिक अवस्था, औषधालयमा औषधिको उपलब्धता, निःशुल्क कार्यक्रमको अवस्था, सेवा प्रवाहलगायत विषयमा जानकारी लिएको थियो ।

मन्त्रालयको उच्चस्तरीय टोलीको नेतृत्व प्रमुख विशेषज्ञ डा पुष्षा चौधरी, प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठ र अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहले गरेका थिए । टोलीका सदस्य डा भोलाराम श्रेष्ठका अनुसार अनुगमनका क्रममा धेरैजसो अस्पतालमा जनशक्ति र औषधालयमा पर्याप्त औषधिको अभाव देखिएको पाइएको छ ।

टोलीले अनुगमन गरी मन्त्रीलाई जानकारी गराएपछि अगाडि योजना कसरी बनाउने भन्ने खाका तयार हुने बताइएको छ । मन्त्री पोखरेलले आज बेलुका ५ बजेसम्म उपत्यका बाहिरका सरकारी अस्पताल, स्वास्थ्य संस्थाको अवस्था, सेवा प्रवाह, निःशुल्क कार्यक्रम, स्थानीय तहमा स्वास्थ्य संस्थाको अवस्था र संघीयतामा स्वास्थ्य संस्थाबारे गरिएको तयारीबारे प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *