कालिकोट अस्पतालमा सुत्केरी हुन नसकी एक महिनामै तीनको मृत्यु

कालिकोट १६ साउन । कालिकोट जिल्ला अस्पतालमा गत शनिबार प्रसूति बेथा लागेकी महिलाको ज्यान गयो । शुक्रबारबाट प्रसूति बेथा लागेको रास्कोट नगरपालिका ६ कि ३८ बर्षीया गौरीकलाफर्सालको शनिबार मृत्यु भएको हो ।

फर्साललाई जटिल प्रसूति व्यथा लागेपछि जिल्ला अस्पताल कालिकोटले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि रेफर गरेको थियो । तर राचुली पुग्दा नै उनको मृत्यु भयो ।

सात छोरी जन्माएकी फर्सालको छोरो पाउने आसामा आठौँ सन्तान जन्माउन खोज्दा ज्यान गएको हो । जिल्ला अस्पतालको अप्रेशन थिएटर बन्द भएपछि उनलाई जुम्ला रेफर गरिएको थियो ।

गत ५ साउनमा रास्कोट ७ की मनशोभा विकको प्रसूति व्यथाले नै ज्यान गएको थियो । त्यस्तै २६ असारमा चिलखायाकी हरिशोभा सुनारको पनि सोही व्यथाले मृत्यु भएको थियो । जिल्ला अस्पतालमा सुत्केरी गराउन नसेकेपछि हेलिकप्टर मार्फत उनलाई नेपालगञ्ज पुरयाइएको थियो तर अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भयो ।

अप्रेसन थिएटर दुई महिना देखि बन्द
जिल्ला अस्पतालको अप्रेसन थिएटर दुई महिना देखि बन्द छ । थिएटर बन्द हुँदा पछिल्लो एक महिनामा आकस्मिक अप्रेसन गर्नुपर्ने प्रसूतिका तीन बिरामीको ज्यान गईसकेको छ ।

अप्रेसन थिएटर मर्मत गर्न बन्द गरिएको थियो । तर ठेकेदारले उपकरण नपन्छाई भवन मर्मत गरेपछि ती सामग्री पनि काम नलाग्ने भएका छन् । उपकरणमा चुना, सिमेन्ट, बालुवा र धुलो भरिएको डा महेश्वर गोसाईले बताए । ती उपकरण्को सफाई गरी थिएटर सञ्चालनमा ल्याउन एक साता लाग्ने उनले बताए ।

शनिबार मृत्यु भएकी गोरीकला फर्सालको जिल्ला अस्पतालमा पुगुन्जेलसम्म बच्चा तल्लो पेटमा झरिसकेको थियो । अत्यधिक रक्तश्राव भएपछि अस्पतालले उनलाई जुम्ला रेफर गरेको थियो ।अप्रेसन थिएटर बन्द भएकै कारण उनलाई रेफर गर्नुपरेको अस्पतालले जनाएको छ ।

  • आजको नयाँ पत्रिकामा समाचार छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *