गोसाइँकुण्ड मेला र लेक लाग्ने समस्या

– डा. कमल पोखरेल

के तपाईँ यसपटक गोसाइँकुण्ड जाने तयारीमा हुनुहुन्छ ? अनि तपाईँलाई त्यहाँ जाँदा लेक लाग्न सक्नेसम्भावना बारे कत्तिको थाह छ ? छैन भने थाह पाई राख्नु । किनकी गोसाइँकुण्डसंग मेलासंग जोडिने अर्को पाटो हो लेक लाग्ने (स्वास्थ्य) समस्या हो ।

४ हजार ३८० मिटरको उचाईँमा रहेको धार्मिक तथा पर्यटकीय गन्तब्य गोसाइँकुण्ड तालको दर्शन गर्न हरेक बर्ष जनै पुर्णिमाको बेला दशौँ हजार बढी पर्यटक आउने गर्छन् ।

र हरेक बर्ष सो मेलामा आउने कतिपयको ज्यान जाने गरेको छ भने कतिपय सिकिस्त विरामी भएर हेलिकप्टरबाट उद्धार गरिएका पनि छन् । ज्यान जाने र बिरामी हुने दुबैको कारण लेक लाग्ने समस्या हो ।

 लेक लाग्ने समस्या के हो ?
धेरै उचाईँमा जाँदा हुने एक किसिमको स्वास्थ्य समस्या । धैरै उचाईँमा जाँदा अक्सिजनको कमी हुने भएकोले यस्तो समस्या जुन सुकै व्यक्तिलाई देखिन सक्छ । प्राय  २५००/ ३००० मिटर भन्दा माथिको उचाईमा पुग्दै गर्दा यस्तो समस्या देखिन सक्छ ।

 लेक लाग्दा के हुन्छ ?
टाउको दुख्ने, बान्ता हुने, धेरै थकान हुने, रिंगटा लाग्ने, सास फेर्न गाह्रो हुने, निद्रा पर्न समस्या हुने जस्ता लक्षण देखिनु लेक लागेको संकेत हुन सक्छ।यस्तो कुनै लक्षण देखा परेमा बाँकी उचाई चढ्ने प्रयास नगरी एक जना साथीसंग कम उपचाई तर्फ झर्नु उत्तम हुन्छ ।  

कतिपयले यस्तो समस्या आएपछि घोडाको प्रयोग अर्थात घोडा चडेर जबर्जस्ति माथि जाने जाने गरेको पाइन्छ तर त्यसो गर्दा पनि यो समस्याको जोखिम उतिकै वा झनै बढी हुन सक्छ।

यस्ता लक्षणलाई बेवास्ता गरी माथि उचाई चड्दा समस्या जटिल हुने र मस्तिस्क अनि फोक्सोलाई असर गरेर ज्यानै जानेसम्मको खतरा हुन्छ ।

लेक लाग्ने समस्याबाट जोगिन निम्न उपाय गर्न सकिन्छ

१. बिस्तारै उचाई चढ्ने ( दिनमा ३०० देखि ५०० मीटर सम्म मात्र)।

२. प्रसस्त पानी पिउने,

३. धेरै शारीरिक थकान बाट जोगिने,

४. स्वास्थ्यकर्मीको सल्लाह लिएर एसिटाजोलअमाईड औषधिको प्रयोग गर्ने

५. लेक लाग्ने लक्षण देखिएमा साथीसहित कम उचाइमा झर्ने

अत : अरुको देखासिकी गर्न पूर्वतयारीविना उचाईमा जाने असुरक्षित यात्रा नगरौं। लेक लाग्ने समस्या बारे जानकार भएर मात्र जाऔं र लेकमा यात्रा गर्न जानेहरुलाई पनि जानकारी दिऔं।

 

# डा. पोखरेल रसुवा जिल्ला अस्पतालमा कार्यरत छन् 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “गोसाइँकुण्ड मेला र लेक लाग्ने समस्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *