स्वास्थ्य विभागका उपमहानिर्देशक डा. सिंह घुस सहित पक्राउ

काठमाडौँ, ९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. रमेश विक्रम सिंहलाई १० हजार घुस सहित पक्राउ गरेको छ ।

डा. सिंहलाई एक जना कर्मचारीको कार्य सम्पादन मुल्यांकन गरिदिए वापत घुस लिएको आरोपमा  विभाग परिषरबाटै पक्राउ गरेको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले अख्तियार भने घुस लिएको बारेमा अहिल्यै बोल्न हतारो हुने बताए । उनले भने, ‘अहिले हामी यसै विषयमा छलफल गरिरहेका छौँ । केही समयमा यर्थात कुरा बाहिर आउला । म अहिल्यै बोल्न हतार हुन्छ ।’उनले डा सिंह र अख्तियारको टोली समेत विभागमा रहेको बताए ।

उता आयोग प्रवक्ता जीवराज कोइरालाले डा सिंहलाई अख्तियारको टोलीले विभाग परिषरमै रंगेहात पक्राउ गरेको भन्दै थप अनुसन्धान भईरहेको बताए ।

डा सिंह यसअघि क्षेत्रीय स्वास्थ्य स्वास्थ्य कार्यालय हेटौडामा कार्यरत थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *