यमनमा चुस्त बनाइदै हैजा नियन्त्रण कार्यक्रम

साना, ९ साउन । द्वन्द्वग्रस्त देश यमनमा केही महिना यतादेखि जारी रहेको हैजाको प्रकोप कमगर्न विशेष कार्यक्रम सञ्चालन गरिएको छ । यस देशमा गएको छ महिनादेखि हैजाको प्रकोप फैलिएको छ ।

हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यहाँ सरसफाइ, खाना र पानीको आपूर्तिमा सतर्कता र औषधिको व्यवस्थालाई चुस्त बनाएको समाचारमा जनाइएको छ ।

हैजाबाट यहाँका एक हजार ३०० को मृत्यु भएको समाचार सार्वजनिक भएको थियो । सो तथ्याङ्क अत्यन्तै डरलाग्दो हो भन्दै संयुक्त राष्ट्रसंघको सहयोगमा यस्तो स्वास्थ्य कार्यक्रम शुरु गरिएको समाचारमा उल्लेख छ ।

यहाँका सञ्चारमाध्यममार्फत जनचेतनामूलक कार्यक्रम सार्वजनिक गरिएको छ । हालैमात्र सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार गत अप्रिल २७ बाट शुरु भएको यस हैजाको प्रकोपबाट यहाँ एक हजार ३०० जनाको मृत्यु भएको छ ।

साथै यस प्रकोपबाट अरु एक लाख ६६ हजार ९७६ जना प्रभावित भएका र तीमध्येका अधिकांश बिरामी उपचारपछि घर फर्किएका बताइएको छ । यमनका २३ प्रान्तमध्ये २० वटामा हैजाको प्रकोप नै देखिएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

यसअघि पनि उक्त संगठनले यमनका विभिन्न प्रान्तहरुमा स्वास्थ्यसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

हालै गरिएको अर्को एक अनुसन्धानबाट अगामी छ महिनाभित्र यस प्रकोपबाट करिब संख्या तीन लाख व्यक्ति प्रभावित हुने देखिएपछि स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *