डा.केसीले थाले ११ औं अनशन


काठमाडौँ, ९ साउन। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राडा गोविन्द केसीले ११ औं आमरण अनशन सुरु गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा. केसीले अपराहृन ४ बजेबाट आमरण अनशन सुरु गरेको घोषणा गरेका हुन् ।

डा. केसीले आफ्नो अनशनका क्रममा शिक्षण अस्पतालको उपचार सेवा र क्याम्पसको पढाई भने नरोकिने बताएका छन् ।

उनले केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा आफूहरुले दिएको सुझावलाई समेटेर ‘एकीकृत चिकित्सा शिक्षा ऐन’ बनाउन, शिक्षण अस्पतालको गुणस्तर खस्किएको र उपचार पनि महंगो भएको भएको भन्दै आफूले यसअघि माग पूरा गर्न यही असार ३१ गते अल्टिमेटम दिएको तर पूरा नभएकाले अनशन बस्न वाध्य भएको बताएका छन्।

डा. केसीले शिक्षण अस्पताल महाराजगन्जको गणेशमानसिंह भवनमा आमरण अनशन थालेका हुन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *