सरकारी अस्पतालको सेवा चुस्त नदेखिनुका मुख्य ३ कारण

– प्राडा भुपेन्द्रकुमार बस्नेत

शीर्षक यस्तो राख्दै गर्दा प्रश्न उठन सक्छ काठमाडौँका बीर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पतालमा देखिने भिडले के संकेत गर्छ ? सेवा चुस्त नभएको भए ती अस्पतालमा त्यसरी थामि नसक्नुको भिड किन लाग्यो ?

हो,  प्रश्न जायज छ र यथार्त पनि । किनभने राजधानी मात्रै होइन यस्तो भिड उपत्यका बाहिरका सरकारी अस्पतालमा पनि देखिने गरेको छ । तपाईँ बुटवल हेर्नुस, चितवन हेर्नुस, धरान हेर्नुस,  यसले सरकारी अस्पताल प्रतिको विश्वास जनतामा घटेको छैन भन्ने प्रष्ठ देखिन्छ । सरकारी अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने उनीहरुको भावना हो भन्ने पनि बुझ्न सकिन्छ ।

तर यसो भनिरहँदा सरकारी अस्पतालको आलोचना पनि उत्तिकै हुने गरेको छ । खासगरी समयमै उपचार भएन, बिरामी रिफर गरियो, परीक्षणका लागि अन्यन्त्र पठाइयो, भवन पुरानो भो इत्यादि । यो कुरा पनि जायज नै हो । कतिपय केशहरुमा त्यस्तो भएको पनि छ ।

यस्तो अवस्था आउनुमा तीनवटा कारण :

यस्तो अवस्था आउनुमा मुख्य रुपमा तीनवटा कारण छन् । पहिलो कारण सरकारी अस्पतालको भौतिक पूर्वाधार, दोस्रो कारण विशेषज्ञ दरबन्दी नहुनु र तेस्रो उपकरण अभाव र भएपनि कमसल उपकरण ।अव कुरा गरौँ

पहिलो कारण अर्थात अस्पतालको भौतिक पूर्वाधारको  : पुराना र ठूला भनिएका प्रायजसो सरकारी अस्पतालका भवन २० देखि ४० बर्ष पुनारा छन् । नयाँ भवन कतै बनेका छैनन् । हाम्रै बीर अस्पताललाई नै हेरौँ न अहिलेको ओपीडी भवन बनेको ४० बर्ष पुग्यो । त्यस बीरमा यता कुनै पनि नयाँ भवन बनेको छैन । नयाँ भवन थपिएको छैन ।

४० वर्षको अवधीमा एउटा पनि भवन नथपिनु तर जनसंख्या यति बिधि बढ्नुले दिइने सेवामा असर त देखिन्छ नै । फेरी हाम्रो अपेक्षा पनि त्यहि किसिमले बढी छ । विरामीको चाप यति बढि छ तर बीरमा त्यसलाई थेग्न सक्ने पूर्वाधार छैन । पूर्वाधार भएकै ठाँउमा पनि पुराना स्टायलका छन् । जो अहिलेका लागि सुट गर्दैन । यसले चुस्त सेवा दिने हाम्रो चाहनामा अवरोध गरेको छ ।

दोस्रो कारण अस्पतालका लागि चाहिने आवश्यक दरबन्दीको अभाव : सरकारी अस्पतालमा आवश्यक दरबन्दी नै छैन् । विरामीको भिड यति बढि हुन्छ तर विशेषज्ञ दरबन्दी नै हुँदैन । भएपनि पनि अत्यन्तै कम छ । विशेषज्ञकै कुरा गरौँ न नेफ्रोलोजीको विशेषज्ञ दरबन्दी देशभरमा तीन जना छ ।

ग्यास्ट्रो इन्टेरोलोजीमा  विशेषज्ञ दरबन्दी देशभरमा तीन जनाको छ । बीर अस्पतालकै कुरा गरौँ न लिभर युनिट चलेको बीस बर्ष भयो । यहाँ कलेजो विशेषज्ञहरुले नै काम गरि राख्नु भएको पनि छ तर दरबन्दी एउटा पनि छैन ।

इन्डोक्राइनमा हामीले सेवा सुरु गरेको ८ बर्ष भईसक्यो तर नेपाल सरकारले इन्डोक्राइनोलोजिष्ट भनेर एउटा दरबन्दी दिएको छैन । तर यस्तो व्यवस्थाबाट पनि हामी सरकारी सेवा चुस्त होस भन्ने अपेक्षा राख्छौँ ।

तेस्रो कारण सरकारी अस्पतालमा गुणस्तरीय उपकरण छैन : सरकारी अस्पतालमा प्रयाप्त मेडिकल उपकरणहरु नै छैन । भएका पनि गुणस्तरीय छैन् । अर्थात गुणस्तरीय किन्न सरकारी प्रक्रियाले दिदैन् । अर्थात गुणस्तरीय उपकरण केही महंगा हुने भयो तर डेण्डर गर्दा सबैभन्दा सस्तो सामान किन्नु पर्छ । फेरी उपकरण खरीदका लागि बजेट निकै कम हुन्छ । त्यसैले प्राथमिकतामा राखेर बर्षमा केही उपकरणहरु खरीद गर्नुपर्ने बाध्यता छ ।

सस्तोमा खरीद गरिने उपरकणले राम्रो रिजल्ट दिदैन् । तर उपचारका लागि राम्रो रिजल्ट चाहिन्छ । चिकित्सकले बाध्यभएर बाहिर पठाउने गर्दछन् । बाहिर पठाउनासाथ चिकित्सकले ठगे भन्ने खालका आरोपहरु सुन्नु पर्छ । सेवा नदिन मिलेन राम्रो दिन खोज्यो आरोप आई हाल्छ । त्यसैले सरकारले सरकारी अस्पतालमा चुस्त सेवा दिने हो भने गुणस्तरीय उपकरण ल्याउने व्यवस्था गर्नुपर्छ ।

बीरले किन्न लागेको टोमो थेरापीको किन विवाद ?
सरकारी अस्पतालले दिने सेवाकै कुरा गर्दा यहाँ निर बीर अस्पतालले ल्याउन लागेको टोमो थेरापी मसिनको बारेमा अलिकति कुरा जोडन चाहन्छु । किनकी पछिल्ला केही दिन यता बीरले किन्न खोजेको टोमो थेरापी मसिनसंग जोडिएर केही चर्चा चलेको थाह पाएका छौँ ।

टोमो थेरापी मसिन क्यान्सरका बिरामीका लागि प्रयोग हुने एक खालको थेरापी मसिन हो । बीर अस्पतालमा क्यान्सरको विरामीको उपचार गर्न आवश्यक हुने मसिन दुई बर्ष देखि विग्रिएको छ । तर क्यान्सरको उपचार गराउन आउने विरामीको सख्या झन झन बढि रहेको छ । यस्तो अवस्थामा हामीले क्यान्सरको उपचारमा प्रयोग हुने कुनै न कुनै मसिन किन्नु नै पर्ने थियो ।

हामीले सुरुमा कोवाल्ट किन्न खोजेका थियौँ तर प्राविधिक रुपमा त्यो किन्न सकेनौँ । लिन्याकको कुरा उठ्यो तर त्यसका लागि ठाँउ धेरै चाहिने रहेछ त्यो सम्भव भएन र सम्भव देखियो टोमो थेरापी मसिन । महंगो तर लेटेष्ट प्रविधिको अत्याधुनिक गुणस्तरीय मसिन । जसको मुल्य ४० करोड छ । हामीले यहि मसिन किन्ने निर्णय गरयौँ । अहिलेसम्मकै सबैभन्दा नविनत प्रविधि युक्त नविनतम मोडलको मेसिन टोमो थेरापी खरीद गर्न लागेका हौँ ।

यसका पनि तीन कारण छन् । पहिलो, यो विश्वमै सबैभन्दा नविनतम प्रविधि युक्त मेसिन हो । दोस्रो यसको नतिजा विश्वसनीय हुन्छ र विरामीलाई भरपर्दो उपचार दिन सकिन्छ । तेस्रो कुरा बार्षिक डेढ अर्व बढी रकम विदेशीनबाट जोगिन्छ ।

हाम्रा यहि कुरा बुझेर नै सरकारले यसपटक हामीलाई टोमो थेरापी मसिन किन्न पैसा दियो । हामीले किन्ने प्रक्रिया अघि बढाईसक्यौँ । जनताले सुलभ दरमा स्तरीय सेवा पाउने भइसके । तर बीचमा कोही व्यक्ति र समूह टोमो थेरापी नेपालमा किन ल्याउने भन्दै विरोध गर्न थालेका छन् । यो नै गम्भीर कुरा पनि हो ।

के गर्छ टोमो थेरापीले ?
क्यान्सरका सेलहरुलाई सेकाईबाट निर्मुल गर्ने काममा यो मेसिन प्रयोग हुन्छ । यसले दिनमा ५० ६० जनाको उपचार उपचार गर्न सक्छ । पचास साठी जनाको उपचार गर्दा गर्दा महिनामा १५ सय २० हजार विरामीको उपचार हुने भयो । त्यस हिसावले बर्षमा १८ २० हजारको उपचार हुने भयो ।

हामीले एक कोर्ष गर्दा १० हजार लियौँ भने फुल कोर्ष गर्दा ४० – ५० हजार लाग्ला तर बाहिर गर्दा यहि कोर्षको डेढ देखि दुई लाख रुपैयाँ लाग्छ । हामीले एउटा मान्छेको एक देखि डेढ लाख बचाई दिन सक्छौँ । त्यो भनेको १५-२० हजार मान्छेको थेरापी गर्दा विरामीहरुको डेढ देखि दुई अर्व पैसा जोगिन्छ । यसले त आखिर नेपालीलाई फाइदा गर्ने हो ? किन चित्त दुखाई ?

गुणस्तरीय उपकरणले नै गुणस्तरीय सेवा दिने हो

गुणस्तरीय उपकरण भयो भने मात्रै गुणस्तरीय सेवा सम्भव छ । हामी मेसिन सबैभन्दा कमसल वा किन्दै नकिन्ने तर भन्ने सरकारी अस्पतालले गुृणस्तरीय सेवा दिएनन भनेर । मसिन नै राम्रो छैन, पाँच दिनमै बिग्रने खालेको छ भने कसरी गुणस्तरीय स्वास्थ्य सम्भव छ ? यो कुरा खै बुझेको ?

बीर अस्पतालकै कुरा गरौँ न पूर्व स्वास्थ्य मन्त्री गगन थापाले गत आवमा प्रसस्त बजेट दिनु भयो । बीरलाई नेपालकै नमूना अस्पताल बनाउने योजना अनुसार हामीले प्रस्ताव गरयौँ उहाँले तत्कालै त्यसलाई समर्थन गर्नुभयो र आर्थिक सहयोग जुटाइदिनुभयो ।

त्यहि अनुसार हामीले सेवा विस्तार गरेका छौँ र गर्दै पनि छौँ । तपाईँले हेर्न बुझ्न सक्नुहुन्छ । बीर अस्पताल पछिल्लो समयमा भीड बढेको छ । भीड बढ्नुको मतलव बिरामीको बीर अस्पतालमा बिश्वास बढेको छ ।

विश्वास बढ्नुको मतलव बीर अस्पतालले दिने सेवामा सुधार गरेको छ । यस्तो सुधार अरु अस्पतालले पनि गरिरहेका छन् । तर सुलभ दरमा स्तरीय स्वास्थ्य दिने अभियानमा यो या त्यो बहानामा अवरोध सिर्जना गर्नु हुँदैन् ।
# प्राडा बस्नेत बीर अस्पतालका कार्यकारी निर्देशक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “सरकारी अस्पतालको सेवा चुस्त नदेखिनुका मुख्य ३ कारण

  1. I am not agree with the opinion of the Director of BIr Hospital. The governmental institution are the powerful assest of the country which can make significant change in the health sector of the nation. He just stated the lack of Physicians but he didn’t mentioned about the time devotion by those in governmental institution so my suggestion is there are lots of human resources, infrastructures along with worsen incentive and benefits so lets start the change from you.

  2. those are miscellaneous things.main thing is highly politicalised doctors and health workers who have lost their professional ethics and run after politicians to get their support and hold key positions.
    Public gathering at public hospitals is reflection of poverty not the quality of hralth service.
    Qualitative work by the true professionals can only lift the quality of the health services not only the infrastructures because majority of the patients who visit these hospitals suffer from common ailments like infections,cvs diseases,gi diseases and only few of them needed sophisticated service.
    In tertiary level hospital like bir where dm cardiology,dm gastroenterology and so many dm courses are run but even for thrombolysis pts are referred to other centre….no ccu is available.for gi bleeding emergency endoscopic interventions are not done.Are these services needed sophisticated equipments?

Leave a Reply

Your email address will not be published. Required fields are marked *