क्याम्बोडियाली राजा उपचारका लागि चीनमा

नोम्पेन्ह, ८ साउन । क्याम्बोडियाली राजा नरोद्दम सिहामोनी आफ्नो स्वास्थ्य उपचारका लागि आइतबार चीन प्रस्थान गरेका छन् ।

उनीआफ्नी आमा र परिवारका अन्य सदस्यहरुका साथ आज चीन प्रस्थान गर्नुरेको समाचारमा जनाइएको छ ।

उनीहरुलाई क्याम्बोडियाली प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।

उनी चीन जानुपर्नाको कारणका बारेमा राजदरबारद्वारा प्रकाशित विज्ञप्तिमा उपचारका लागि चीन जानु परेको भनी लेखिएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि उनी चीन गएको र केही दिन लाग्ने सो विज्ञप्तिमा जनाइएको छ । रासस÷सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *