यसकारण रोकिएको रहेछ ‘कम्युनिटी पोष्टिङ’मा गएका चिकित्सकको सुविधा

काठमाडौँ, ६ साउन ।  स्वास्थ्य मन्त्रालयले कम्युनिटी पोष्टिङमा गएका चिकित्सकको बिबरण सम्वन्धीत संस्थाले नपठाएका कारण रकम भुक्तानीमा समस्या आएको जनाएको छ । उसले जिल्लामा गएर काम गरेको पुरा विवरण आउनासाथ रकम निकासा हुने जनाएको छ ।

कम्युनिटी पोष्टिङमा गएकाहरु आफूहरुले पाउनुपर्ने डेढ महिनाको सुविधा ३० हजार र यातायात खर्च ५ हजार गरी प्रतिव्यक्ति ३५ हजार रुपैयाँ नपाएको भन्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले सरकारले सम्झौँता अनुसारको सुविधा नदिएको भन्दै आकस्मिक सेवा बाहेकका अन्य उपचारमा सहभागी भएका छैनन् ।

मन्त्रालयका लेखा अधिकृत सुरेश शर्माले रकम निकासाका लागि जुन प्रक्रिया हो त्यो नअपनाउँदा समस्या भएको बताए । उनले जिल्लामा गएर यो डाक्टरले यति उपचार गरयो भन्ने बिस्तृत विवरण आएपछि मात्रै रकम निकासा हुने भन्दै फलानोलाई यति चाहियो भन्दैमा निकासा गर्न नमिल्ने स्पष्ट पारे ।

‘फिल्डमा गएर काम गरेको खुल्ने विवरण मागेका हौँ जो आइओएम र न्याम्सले रकम माग संगै पठाउनुपर्ने हुन्छ । त्यो छैन् । प्रगति विवरण नपठाईकन रकम मात्रै मागेर हामीले कसरी निकासा दिन मिल्छ ?’ उनले प्रश्न गरे ।

लेखा अधिकृत शर्माले कम्युनिटी पोष्टिङमा चिकित्सक पठाउने सम्झौँता गरेका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले अहिलेसम्म प्रगति विवरण नै नपठाएको दावी गरे ।

यस विषयमा कुरा गर्न खोज्दा न्याम्स र आइओएमका अधिकारीहरु भने सम्पर्कमा आएनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *