शिशुले गर्भमै भाषा सिक्न सक्छ : नयाँ अध्ययन्

वासिङ्टन, ६ साउन । गर्भको शिशुको गतिविधि अध्ययन गरिरहेका बैज्ञानिकहरुले नयाँ तथ्य फेला पारेका छन् । उनीहरुले गर्भमा रहँदा देखि नै शिशुले भाषा सिक्ने दावी गरेका छन् । बैज्ञानिकहरुका अनुसार जन्मनु भन्दा एक महिना अघि देखि नै शिशुको मस्तिष्कले दुई फरक भाषा छुट्याउन सक्छ ।

अमेरिकास्थति कन्सास विश्वविद्यालयका अनुसन्धान कर्ताले ८ महिनाका २४ जना गर्भवती महिलालाई जम्मा पारी उनीहरुको पेट भित्रको बच्चाको अध्ययन गरेका थिए । सो क्रममा उनीहरुले भाषा फरक हुँदा पेट भित्रको बच्चाको गतिविधि फरक हुने पाएका थिए । सोही आधारमा शिशुले गर्भ देखि नै भाषा सिक्ने गरेको दावि गरेका हुन् ।

विश्वविद्यालयका एसोसिएट प्रोफेसर उताको मिनाईले भने गर्भमा भ्रुणले भाषण सहित अन्य आवाजसमेत सुन्न सक्छ र त्यसको आधारमा प्रतिक्रिया थाह पाउन सकिन्छ । उनले यो अनुन्धानका लागि आठ महिने गर्भवतीहरुको म्यागनेटकार्डियोग्रामद्धारा परीक्षण गरिएको थियो ।

यसरी गरियो परीक्षण
अनुसन्धानकर्ताले एक दोभाषे बोलाएर एक पटक अंग्रेजी र एक पटक जापानी भाषामा भाषण रेकर्ड गराई गर्भवती महिलाको पेट नजिक लगेर सुनाइदिएका थिए । अंग्रेजी र जापानी भाषाको लय फरक हुन्छ ।

अनुसन्धानकर्ताले भ्रुणको नजिक लगेर पहिले एक हरफ अंग्रेजी भाषामा भाषण सुनाए त्यस लगत्तै जापानी भाषामा भाषण सुनाए । अंग्रेजी भाषण सुन्दा सामान्य भएको शिशुको धडकन जापानी भाषाको भाषण सुन्ना बढी देखियो । जव जापानी भाषाको ठाँउमा पुन अग्रेजी भाषा सुनाइयो फेरी पनि धडकन कम हुन सकेन ।
– एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *