कान्ति अस्पतालद्धारा विशेषज्ञ चिकित्सकको दरखास्त रद्ध

काठमाडौँ, ६ साउन । कान्ति बाल अस्पतालले करार सेवामा विशेषज्ञ चिकित्सक नियुक्ति गर्ने भन्दै साढे चार महिना अघि मागेको दरखास्त फारम रद्ध गरेको छ ।अस्पतालले आज सूचना प्रकाशित गर्दै हाललाई ती पदमा चिकित्सक आवश्यक नभएकोले पदपूर्ती प्रक्रिया रद्ध गरिएको जनाएको छ ।

कान्तिले अन्तरबार्ताबाट करार सेवामा विशेषज्ञ चिकित्सक नियुक्ती गर्ने भन्दै गत १५ फागुनमा विज्ञापन प्रकाशित गरेको थियो । त्यसबेला कन्सल्टेन्ट पेडियाट्रिसियन नवौँ तह पेडियाट्रिक मेडिसिनमा ४ जना, कन्सलटेन्ट पेडियाट्रिक सर्जन नवौँ तह पेडियाट्रिक सर्जरीमा एक जना, कन्सलटेन्ट एनेस्थेसियोलोजोजिष्ट नवौँ तह एनेस्थेसियामा २ जना मागिएको थियो । त्यस्तै सह लेखापाल/ रिसेप्शनिष्ट गरी ४ जना समेत करार सेवामा नियुक्तिका लागि दरखास्त मागिएको थियो । यी सबै पदहरुको दरखास्त रद्ध गरिएको हो ।

आज प्रकाशित सूचनामा दरखास्त हाल्दा तिरेको रकम आर्थिक प्रशासनमा निवेदन दिएर एक महिना भित्रमा फिर्ता लैजान सकिने समेत उल्लेख गरिएको छ ।

त्यसो त कान्तिको यो परीक्षा सुरु देखि नै विवादित बन्दै आएको छ । त्यतिवेला विशेषज्ञ सहित अन्य मेडिकल अफिसर तथा नर्सिङ पदमा समेत विज्ञापन गरिएको थियो ।

अन्तरबार्ताबाट पदपूर्ति गरिने भनिएपछि दरखास्त दिने धेरै भएपछि ती पदमा लिखित परीक्षासमेत लिइएको थियो । पहिले स्वास्थ्य मन्त्रालयले लिने भनिएको परीक्षा पछि पुन कान्तिको विकास समितिले लिएको थियो । विशेषज्ञ परीक्षा भने हुन सकेको थिएन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *