डिनको ‘बैकल्पिक कार्यालय’ रहेको मोहेगो भवनमा पनि स्ववियुको ताला

काठमाडौँ, ५ साउन । माग पुरा हुने संकेत नपाएपछि आन्दोलनरत महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरुले मोहेगोभवनस्थित डिनको ‘बैकल्पिक कार्यकक्ष’ र परीक्षा शाखामा ताला लगाइदिएका छन् ।

यसअघि उनीहरुले मुख्य डिन कार्यालयमा ताला लगाएका थिए । मुख्य कार्यालयमा ताला लागेपछि डिन प्राडा जगदीश अग्रवालले गत २० असारदेखि मोहेगो भवनबाट दैनिक कार्य सञ्चालन गर्दै आएका थिए ।

आन्दोलनरत विद्यार्थीहरुले भर्ना अवधी सकिएको छ महिना पछि डिन प्राडा अग्रवालले गैरकानूनी रुपले एमबीबीएसमा विद्यार्थी भर्ना गरेको तथा मेरिटका आधारमा विद्यार्थी भर्ना गराउने कार्यमा असफल रहेको लगायतका ६ बुदे माग अघि सारेका छन् । त्यसको नेतृत्व महाराजगञ्ज मेडिकल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको गरेको छ ।

‘हामीले डिन ज्यूलाई पहिल्यै माग बुझाएका थियौँ तर उहाँले सुनुवाई गर्नुभएन । त्यसपछि हामीले २० असार देखि डिन कार्यालयमा तालाबन्दी गरयौँ । त्यसयता पनि उहाँले माग पुरा गराउने तर्फ लाग्नु भएन मोहेगो भवनबाट कार्यसञ्चालन गर्नुभयो । आज हामीले त्यहाँ पनि ताला लगाएका छौँ,’  स्ववियु सभापति डा. मिलन गैरेले भने ।

त्यसो त डिन कार्यालयले हिजो प्राडा राजेन्द्रप्रसाद गुरागाईको संयोजकत्वमा तीन सदस्यीय बार्ताटोली गठन गरी विद्यार्थीलाई बार्तामा बोलाएको थियो । सो टोलीका सदस्यमा प्राडा वाईपी सिंह र प्राडा द्धारिकाप्रसाद श्रेष्ठ थिए । विद्यार्थीहरुको तर्फबाट स्ववियु अध्यक्ष डा गैरेको नेतृत्वमा घनश्याम पाण्डे र केशव आचार्य सहभागी थिए ।

‘हिजो नै माग पुरा गर्ने भन्ने कुरा थियो । तर उहाँहरुले त्यता तर्फ ध्यान नै दिनुभएन । आज पनि उहाँहरुले बार्तामा बोलाउनुभएन । अब हामीसंग आन्दोलनको विकल्प भएन । त्यसैले मोहेगो भवनमा पनि ताला लगाइदिएका हौँ । र माग पुरा नहुँदासम्म हामी थप दवावका कार्यक्रम सञ्चालन गर्छौँ,’ डा. गैरेले भने ।

यसअघि मोहेगोमा ताला लगाउन भेला भएका विद्यार्थीहरुले अवैध रुपमा गरेको विद्यार्थी भर्ना खारेज गर्नुपर्ने, भर्नामा सामेल व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने लगायतका नाराबाजी गरेका थिए । स्ववियुको नेतृत्वमा भएको यो आन्दोलनलाई त्रिविका सबै विद्यार्थी संगठन तथा समूहले साथ दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *