जाम्बियाका पूर्वराष्ट्रपति अस्पताल भर्ना

लुसाका, ५ साउन । जाम्बियाका प्रथम राष्ट्रपति केननेथ काउन्डा देशको राजधानी लुकासामा रहेको अस्पतालमा बुधबार भर्ना भएका छन् ।

जाम्बियाका स्वास्थ्य मन्त्री चितालु चिलुफीले ९३ वर्षीय राष्ट्रपति काउन्डालाई सामान्य स्वास्थ्य समस्या देखिएपछि युनिभर्सिटी टिचिङ अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

उनले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको पनि बताए। चिकित्सकहरूले उनको उपचारपछि बिहीबार डिस्चार्ज गर्नसक्ने अनुमान गरिएको जाम्बियाको सरकारी प्रसारण संस्थाले जनाएको छ ।

उपराष्ट्रपति इनोन्गे विनाले पूर्वराष्ट्रपति काउन्डालाई बुधबार बिहान अस्पतालमै गएर भेटेको पनि समाचारमा जनाइएको छ ।

काउण्डा देशको स्वतन्त्रताका लागि लडेपछि सन् १९६४ देखि १९९१ सम्म जाम्बियाको राष्ट्रपति बनेका थिए । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *