ओएसिसले भर्ना खोले लगत्तै नर्सिङ परिषदको सूचना : ‘त्यहाँ पढ्नेले मान्यता पाउँदैन’

काठमाडौँ, ४ साउन । नेपाल नर्सिङ परिषदले  चितवन भरतपुरस्थित ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्नो स्वीकृति बेगर बिएन र बिएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गरेको भन्दै मान्यता नदिने घोषणा गरेको छ ।

परिषदले आज सूचना प्रकाशित गर्दै त्यस संस्थाबाट अध्ययन सकि उत्तीर्ण भएका विद्यार्थीहरुको नाम दर्ता ( नर्सिङ लाइसेन्स) परीक्षामा समेत भाग लिन नदिने जनाएको छ ।

ओएसिसले भने परिषद्को निर्देशनको वेवास्ता गर्दै २०७१ सालबाटै बिएन र बिएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ । उसले त्यसअघि नै पीसीएल नर्सिङ समेत चलाइरहेको छ ।

परिषदकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले बिएन र बिएस्सी कार्यक्रम सञ्चालन गर्ने न्युनतम मापदण्ड तथा पूर्वाधार नभएको भन्दै सञ्चालन स्वीकृति नदिएको बताइन । उनले परिषदको स्वीकृति बेगर कार्यक्रम चलाएको संस्थामा अध्ययन गरेका विद्यार्थीले लाइसेन्स परीक्षामा भाग लिन नपाउने समेत स्पष्ट पारिन् ।

तर पूर्वाञ्चल विश्वविद्यालयले भने कार्यक्रम सञ्चालनका लागि अनुमति दिएको छ । सो आधारमा ओएसिसले परिषदको निर्देशन वेवास्ता गर्दै कार्यक्रम सञ्चालन गरेको हो ।

ओएसिसले मंगलबार भर्नाका लागि सूचना प्रकाशित गरेको भोलिपल्ट अर्थात आजै परिषदले सूचना जारी गर्दै विद्यार्थीहरुलाई सचैत बनाएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *