६७ बर्षीया महिलाको आँखा भित्र २७ वटा लेन्स !

लण्डन, ३ साउन । बेलायतको एक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया गर्न आएकी एक महिलाको आँखाबाट चिकित्सकले  २७ वटा कृतिम लेन्स झिकिदिएका छन् ।

शल्यक्रियाको क्रममा ६७ बर्षीया ती महिलाको आँखाबाट १७ वटा लेन्स हाड मासु जस्तै जमेको अवस्थामा देखिएको भेटिएको थियो । पछि परीक्षणका क्रममा चिकित्सकले थप १० वटा लेन्स फेला पारेका थिए ।

बीएमजीमा प्रकाशित रिपोर्टका अनुसार ती महिलाले पछिल्लो ३५ बर्ष देखि आँखामा डिस्पोजेवल लेन्सको प्रयोग गर्दै आएकी थिइन । उनले आँखामा प्रयोग भएका लेन्स हराएको भन्दै नयाँ लेन्स थप्दै जाने गरिन । हुन पनि चिकित्सकले आँखामा लगाइने लेन्स हराउँने सामान्य कुरा भन्दै त्यो बाहिर झर्ने बताउने गरेका छन् ।

ती महिलाले पनि हराएको लेन्स बाहिर झरेको हुनसक्ने भन्दै नयाँ लेन्स प्रयोग गर्ने गरेकी थिइन । त्यहि तल झरेका भनिएका लेन्स आँखामा टासिएर रहेको चिकित्सकको दावी छ । उनीहरुले सर्जरी गर्दा पनि १७ वटा लेन्सको एउटै पत्र बनेर बसको बताए । तर ती महिलाले यतिका लेन्स आँखामा थुप्रिदै जाँदा आँखामा भने कुनै खालको अप्ठेरो महसुस नभएको बताइन ।

तर जव मोतिविन्दुको शल्यक्रिया गर्ने क्रम सुरु भयो पत्र पत्र बनेर बसेका डिप्पोजेवल लेन्स देखिन थाल्यो । चिकित्सकले जब आँखामा टासिएका सबै २७ वटा लेन्स झिकिदिए महिलाले आफ्नो आँखालाई आराम महसुस भएको प्रतिक्रिया दिइन ।

अस्पतालका नेत्ररोग विभागका विशेषज्ञ चिकित्सक रुपल मोरजारियाले आफू मात्रै होइन आफ्नो टिमको कुनै पनि सदस्यले विगतमा यस्तो केश नदेखेको बताए । उनले भने, ‘यो बास्तवमा मासुको कुनै भाग जस्तो देखिन्थ्यो । सबै कन्ट्याक्ट लेन्स एक आपसमा टासिएको थियो । तर हामी यस मानेमा बढी अचम्मित भयौँ कि त्यति धेरै लेन्स खप्टिदै जाँदा पनि ती महिलाले कहिल्यै अप्ठेरो महसुस गरिन र संकेत पनि पाइनछन् ।’

चिकित्सकलाई ती महिलाले उमेर बढदै जाँदा देखिने सामान्य समस्या हो जस्तो लागेको प्रतिक्रिया दिइन ।

त्यसो त चिकित्सकहरु पनि आँखामा कन्टयाक्ट लेन्स हराउनु सामान्य कुरा भन्दै यो सामान्य रुपमा बाहिर निस्केर जाने बताउने गरेका छन् ।
बीबीसीबाट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *