सर्वोच्चको आदेश मान्छु भन्दै युनिभर्सल कलेजले बोलायो विद्यार्थी

काठमाडौँ २ साउन । युनिर्भसल मेडिकल कलेज भैरहवाले सर्वोच्च अदालतको आदेश अनुसार पीजी अध्ययनका लागि सिफारिसमा परेका विद्यार्थीलाई भर्ना लिने भन्दै सम्वन्धित विद्यार्थीलाई भर्नाका लागि बोलाएको छ । कलेजले आज सूचना गरि गर्दै मंगलबारसम्ममा भर्ना भै सक्न सम्वन्धित विद्यार्थीलाई निर्देशन दिएको छ ।

मेरिटको आधारमा भर्ना नगरेको र भर्नाका लागि चर्को शुल्क डिमाण्ड गरेको भन्दै सिफारिसमा परेका केही विद्यार्थीले गत १४ असारमा सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए । सर्वोच्चले २१ असारमा प्रारम्भिक सुनुवाई गर्दै विद्यार्थी भर्ना गर्न कलेजका नाममा अन्तरिम आदेश दिएको थियो । तर कलेजले सोको समेत अटेरी गर्दै आएको थियो ।

आज प्रकाशित सूुचनामा केही विद्यार्थी भर्ना भइसकेको र केही विद्यार्थी नआएको भन्दै भोलीसम्ममा आएर भर्ना हुन भनिएको छ । तर सूचनामा विवादित बनेको मेरिट र शुल्कको बारेमा केही उल्लेख गरिएको छैन् ।

युनिभर्सलले पीजीमा भर्ना नलिएको विषयमा विवाद बढ्दै जाँदा चिकित्साशास्त्र तर्फका विभिन्न विद्यार्थी समूहले कलेज विरुद्ध आन्दोलन घोषणा गरेका थिए भने सरकारले सम्वन्धन नै खारेजी हुनसक्ने सम्मको चेतावनी दिएको थियो । यसअघिसम्म कलेजले ती सबै चेतावनीलाई बेवास्ता गर्दै आएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *