आइओएम डीनको हाजिरीमा रोक लगाउने स्ववियुको घोषणा

काठमाडौँ, १ साउन । छ सुत्रीय माग अघि सार्दै आन्दोलनमा उत्रिएको महाराजगञ्ज मेडिकल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आइतबारबाट थप दवावका कार्यक्रम सार्वजनिक गरेको छ ।

उसले भोलिसम्म माग पुरा नभए आइओएमका डीन प्राडा जगदीश अग्रवाल र डीन कार्यालयका अन्य कर्मचारीलाई हाजिरमा रोक लगाउने जनाएको छ । स्ववियुले गत १९ असार देखि डीन कार्यालयमा तालाबन्दी गरेको छ ।

स्ववियुले आज पत्रकार सम्मेलन गर्दै आफूहरुको मागमा डीन कार्यालयले चासो नदिएपछि थप कार्यक्रम सार्वजनिक गरेको जनाएको हो । स्ववियु सभापति डा. मिलन गैरेले विभिन्न शैक्षिक मागका सम्वन्धमा डीन कार्यालयसंग पटक पटक सम्झौँता भएको तर सम्वोधन नभएपछि कडा कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको बताए ।

के हो स्ववियुको माग ?

स्ववियुले उठाएको पहिलो माग डीन प्राडा अग्रवालको मनोमानी निर्णय विरुद्धको छ । डीन डाक्टर अग्रवालको ठाडो आदेशमा अनाधिकृत रुपमा एक विद्यार्थीको महाराजगञ्ज मेडिकल क्याम्पसमा भर्ना गरिएको छ ।

स्ववियुले सो भर्ना खारेज गर्दै भर्ना प्रक्रियामा सहभागी जो सुकैलाई कारबाही गर्न माग गरेको छ । स्ववियुले विवादास्पद एमडीएमएस भर्ना प्रकृया तत्काल सुचारु गर्न कलेजहरुलाई दवाव दिन डीन कार्यालयले चासो नदिएको समेत आरोप लगाएको छ ।

सो समेत तत्काल कार्यान्वनयमा ल्याउन माग गरेको छ । त्यस्तै आरक्षण कोटाको भर्ना सम्वन्धमा गठित इश्वर लोहनीको संयोजकत्वमा गठित कार्यदलले दिएको सुझाव अनुसार कार्य गर्न भनिएको छ ।

सबै पीजी तहका निशुल्क गर्नुपर्ने, कम्युनिटी पोष्टिङमा गएकाहरुलाई सम्झौँदा अनुसार सुविधा दिनुपर्ने र एमबीबीएसको प्रवेश परीक्षा मेरिट लिष्टको आधारमा सार्वजनिक गरी भर्ना प्रक्रिया अघि बढाउन माग गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *