यी हुन् मुटुरोगबाट जोगिन डा. प्रकाशराज रेग्मीले दिएका २३ वटा टिप्स

– डा. प्रकाशराज रेग्मी, बरिष्ठ मुटुरोग विशेषज्ञ

मुटुरोगीको संख्या दिनानुदिन बढी रहेको छ । अस्वस्थकर खानपान, तनावपूर्ण र व्यस्त जीवनशैलीले मुटु सम्वन्धि समस्या बढेको जानकारहरुको दावी छ ।

त्यसो भए के खानपान र जीवनशैलीमा ध्यान दिए मुटुरोगबाट बच्न सकिन्छ ? वा मुटुरोग नियन्त्रणमा आउँछ ?

बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले २३ वटा टिप्प दिएका छन् । हेरौँ उनले दिएका ती टिप्सहरु:

१. धुमपान स्वास्थ्यको लागि अत्यन्तै हानीकारक छ । तसर्थ धुमपान गर्नेले विस्तारै विस्तारै घटाएर भए पनि यो छोड्नु पर्छ ।

२. दिनमा कम्तिमा ४०० ग्रामका दरले हरियो तरकारी र फलफुलमा भएको फाइबर सेवन गर्ने मान्छेमा मुटुरोग लाग्ने सम्भावना ४० प्रतिशत कम हुन्छ ।

३. शुद्ध घ्यु, तेल खानु मुटुका लागि त्यति हानिकारक हुन्न । तर पटक पटक पकाएको घ्यु, तेल खानु हुन्न । भात, रोटीमा रहने कार्वाेहाइडे«ड मुटुका लागि शुद्ध घ्यु, तेल भन्दा बढि हानिकारक हुन्छ ।

४. मैदा, आलु, चामल तथा चिनीको प्रयोग घटाउने र सागसव्जी, फलफुल तथा गेडागुडीको मात्रा बढाएर भोजन गर्नुपर्छ । भात रोटी सानो रिकापीमा र सागसब्जी ठूलो थाल भरी खानुपर्छ ।

५. जंक फुड पटक्कै खानुहुन्न ।

६. डार्क चक्लेट मुटुका लागि फाइदाजनक हुन्छ ।

७. शुद्ध कफी दुई तीन कप मुटुका लागि राम्रो हुन्छ । तर मुटुको धड्कन बढि भएकाका लागि कफी राम्रो हुन्न ।

८. मांसहारीका लागि खसी, कुखुराको मासु भन्दा हप्तामा दु्ईपटक माछा खानु धेरै राम्रो हुन्छ ।

९. शुद्ध आलसको तेल फाइदाजनक हुन्छ । दिनको एक चम्चा आलस चबाउनु मुटुका लागि धेरै फाइदाजनक हुन्छ ।

१०. शारीरिक व्यायाम दैनिक आधा घण्टा गरे पुग्छ । आवश्यकता भन्दा ज्यादा गरिने शारीरिक व्यायाम मुटुका लागि पनि हानिकारक हुन सक्छ ।

११. ६० वर्ष भन्दा बढि उमेर भएकाहरुमा १४०/९० सम्म रक्तचाप भए ठिकै हुन्छ । यो उमेरमा अलिकति बढि रक्तचाप भएमा अल्जाइमर जस्ता दिमागको रोग लाग्ने सम्भावना कम हुन्छ ।

१२. वयस्कहरुमा पनि १४०/९० सम्मको रक्तचाप सामान्य हो । तर किड्नी र मधुमेहको रोग भएकाहरुमा भने १३०÷८० भन्दा बढि रक्तचाप हानीकारक हुनसक्छ ।

१३. ब्लडप्रेसर बढेर औषधी सेवन गर्न थालेकाले औषधी छोड्नै हुन्न भन्ने मान्यतामा परिवर्तन आएको छ । रक्तचाप बढ्नुका कारण हटाउन घटाउन सकेमा नियमित खाईरहेको औषधी चिकित्सकको सल्लाहमा छोड्न पनि सकिन्छ । जस्तै मध्यपान धुमपानका कारणले प्रेसर बढेको भए त्यस्ता पदार्थको सेवन छाडेपछि प्रेसरको समस्या पनि स्वत घटेर जान्छ ।

१४. त्यस्तै मधुमेहका रोगीले पनि चिकित्सकको सल्लाहमा कतिपय अवस्थामा औषधी सेवन छाड्न सक्ने हुनसक्छ ।

१५. कोलेस्टेरोलको परीक्षण खाना खाएपछि गर्नुहुन्न भन्ने मान्यतामा परिवर्तन आएको छ । खाना खाएर पनि परीक्षण गर्न सकिन्छ । खानाखानु र नखानुबीचको फरक दुई प्रतिशत मात्र हुन्छ ।

१६. रगतमा हुने कोलेस्टेरोलको ८०% शरिर भित्रैबाट बन्छ, २०% मात्र हामी खाएको खानाको कोलेस्टेरोलबाट बन्छ । यसकारण अण्डा खाएर कोलेस्टेरोल बढ्ला भनेर डराउनु पर्दैन । दैनिक एउटा उसिनेको पूरा अण्डा मुटु रोगीले खाए हुन्छ ।

१७. मधुमेहको रोगीले कोलेष्टेरोल जति छ सो को आधा घटाउनु पर्छ । यति नै हुनुपर्छ भन्ने होइन ।

१८. बिहान आधा लिटर पानी पिउनु पर्छ । त्यस पछि पिसाबको रङ सङ्लो अवस्था कायम रहने गरी पानी पिउनु पर्छ । एकै पटक धेरै पानी पिउनु वा ज्यादै धेरै पानी पिउनु हुन्न । मुटुको रोगी र किड्नीका रोगीले पानी धेरै पिउन हुन्न ।

१९. स्वस्थ्य व्यक्तिले पनि वर्षमा कम्तिमा एक पटक आफ्नो स्वास्थ्य परीक्षण गराउनु पर्छ ।

२०. सकारात्मक तथा नकारात्मक दुवै उत्तेजना मुटुका लागि हानिकारक हुन्छ । तसर्थ उत्तेजित हुन बाट जोगिनु पर्छ ।

२१. आवेग र उत्तेजनाबाट जोगिन योग, ध्यान तथा दान गर्नुपर्छ ।

२२. दिनमा कम्तिमा पाँच मिनेट हाँस्नु आवश्यक छ । तर अत्यन्तै उत्तेजना पैदा हुने कृतिम हाँसोले पनि मुटुलाई नकारात्मक प्रभाव पर्छ ।

२३. दान दिने वानी राम्रो हो । यसले मानसिक तनाव घटाउँदछ र हृदयघातबाट बचाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “यी हुन् मुटुरोगबाट जोगिन डा. प्रकाशराज रेग्मीले दिएका २३ वटा टिप्स

  1. Doctor should not suggest controversial ideas. One doctor says one thing and another doctor says just opposites.controversial deaseases and controversial suggestions are death cause.

Leave a Reply

Your email address will not be published. Required fields are marked *