टाउको जोडिएका दुई बालकलाई छुट्याउने कोशिश गर्दै चिकित्सक

नयाँ दिल्ली ३१ असार । भारतीय चिकित्सकहरुको एउटा समूहले टाउको जोडिएर जन्मिएका दुई बालकलाई छुट्याउने कोशिश गरेका छन् ।

एम्स अस्पतालका चिकित्सकहरुको टोलीले टाउकोको शल्यक्रिया गरि दुई बालकलाई छुट्याउने कोशिश गरेका हुन् ।

उडिसा राज्यका जुम्ल्याहा बालकहरु जगनाथ र बररामको टाउको जोडिएको अवस्थामा दुईवर्ष अघि जन्म भएको थियो । उमेर बढदै जाँदा शारीरिक कठिनाई बढदै गएपछि परिवारले उनीहरुको उपचार गर्न खोजेको हो । उनीहरुलाई हिजो नै उडिसाबाट नयाँ दिल्लीस्थित एम्स अस्पताल ल्याइएको छ ।

एम्स अस्पतालका न्युरो विज्ञान केन्द्रका प्रमुख डा एके महापात्रले बच्चाहरुको परीक्षण सुरु भएको भन्दै सम्भव देखिएमा शल्यक्रिया गर्ने जानकारी दिए ।

‘हामी परीक्षण गर्दैछौँ, उनीहरुको मस्तिस्कको नसा कुन अवस्थामा छ । सर्जरी सम्भव छ कि छैन ? त्यसका लागि एमआरआई, सिटिस्क्यान, तथा एन्जियोग्राम जस्ता कैयौँ टेष्टहरु भइरहेका छन्,’ डा. महापात्रले भने ।

भुवनेश्वरबाट उपचारका लागि रेल चडि नयाँ दिल्ली आउने थाह पाएका रेलमन्त्री सुरेश प्रभुले यात्रा अवधीभर चिकित्सकको समेत व्यवस्था गरिदिएका थिए । उनले रेल स्टेशनबाट अस्पतालसम्मको सवारीको व्यवस्था समेत गरिदिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *