रसुवाको खानेपानी ९० प्रतिशत प्रदूषित

रसुवा ३१ असार । रसुवा जिल्लामा वितरण हुँदै आएको खानेपानी मध्ये ९० प्रतिशत प्रदूषित अवस्थामा रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाले विभिन्न १० स्थानको खानेपानी मुहानबाट संकलित पानीको नमूना जाँच गर्दा १० प्रतिशत खानेपानी मात्रै सुरक्षित देखिएको हो ।

संकलन गरेका ९० प्रतिशत नमुनामा हानीकारक कोलिफर्म जिवाणु भेटिएको छ । कोलिफर्म मानव तथा पशुहरुको दिसामा पाइने जीवाणु हो । कोलिफर्मयुक्त पानी झाडा पखला, हैजा, आउँ, टाइफाइड, जुका तथा हेपाटाइटिस (जण्डिस) जस्ता रोगहरु देखिन सक्छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. झलक गौतमले समुदायमा वितरित विभिन्न १० स्थानको पानीको परीक्षण गर्दा ९ वटा मुहानमा कोलिफर्म भेटिएको बताए । त्यस्तै धाराको पानी जाँच गर्दा भने १० वटामै कोलिफर्म देखिएको जानकारी रहेको जानकारी दिए ।

संकलित पानीको नमूना परीक्षण गर्दै रसुवाका ल्याव टेक्निसियनहरु

‘विगत बर्षमा यार्सा भार्खु, धुन्चे, गत्लाङ जस्ता गाउँहरुमा झाडापखाला र आउँको प्रकोप देखिएको थियो । यसै विषयलाई ध्यानमा राखेर यसबर्ष गत्लाङ, भोर्ले, धुन्चे, स्याफ्रुबेसी सरमथली, कालिकास्थान, बोगटीटार जस्ता ठाँउको पानीको मुहान र धाराको पानीको नमूना संकलन गरी जाँच गरिएको हो,’ जिल्ला स्वास्थ्य प्रमुख डा. गौतमले भने ।

रसुवा जिल्ला खुला दिशामुक्त घोषणा गर्ने तयारी भैरहँदा खानेपानीमा मानव दिशामा पाइने कोलिफर्म देखिनु चिन्ताको विषय भएको सरोकारवालाले बताएका छन् ।

यो समस्यबाट मुक्त हुनका लागि पानीको मुहान देखि घरको धारासम्म सुरक्षित राख्ने, पानी उमालेर वा क्लोरिन चक्की हालेर वा फिल्टर गरेर प्रयोग गर्न उनीहरुले आम उपभोक्ता एवं सर्वसाधारणलाई आग्रह गरेका छन् । पानी सुरक्षीत राखियो भने झाडापखला हैजा आउँ जण्डीस टाइफाइड जस्ता रोगबाट जोगिन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *