यस्तो छ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको फिटनेश रहस्य

डा. उपेन्द्र देवकोटा

डा. उपेन्द्र देवकोटा एसियाकै चर्चित न्युरो सर्जन मध्यका एक हुन् । अहिलेसम्म आफूले करीब ३० हजार शल्यक्रिया गरेको उनको अनुमान छ । विरामी जाँच गरेकै संख्या हिसाव गर्दा त लाखौँ पुग्ने उनको दावी छ ।

बीर अस्पतालबाट लामो समयसम्म उपचार सेवा उपलव्ध गराएका डा. देवकोटा अहिले भने आफ्नै लगानीमा स्थापित बासबारीस्थित न्युरो अस्पताल मार्फत उपचार सेवा दिइरहेका छन् ।

मानिसलाई मृत्युको मुखबाट बचाउएर मात्र होइन डा. देवकोटाले झन्डै ७ महिना स्वास्थ्यमन्त्री हुँदा स्वाथ्य क्षेत्रमा उल्लेखनीय कामहरु गरेका स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउछन ।

झण्डै सात दशक टेक्न लागेका डा. देवकोटा अहिले पनि उनि उतिकै व्यस्त रहन्छन्। हरेक दिन आठ बजे घरबाट निस्कने देवकोटा बेलुका अवेर पुग्छन्। यसरी धेरैको जिवन बचाँइ सकेका देवकोटा आफ्नो स्वास्थ्यको ख्याल चाही कसरी गर्छन् त ? आज हामी उनै देवकोटासंग उनकै फिटनेशबारे उनकै शव्दमा रहस्य खोल्ने प्रयासमा छौँ ।

घर भित्रै ३० मिनेट हिड्ने गर्छु

हरेक दिन बिहान ६ बजे उठि सकेको हुन्छु। उठ्ने वित्तिकै घर भित्रै ३० मिनेट हिड्ने गर्छु। हिड्ने बाहेक अरु एक्सरसाइज गर्दिन। विहान आधा घन्टा हिड्ने गर्नाले शरिरको लागि एक्सरसाइज पुग्ने भएकाले अरु एक्सरसाइज खासै गर्दिन।

आधाघन्टा हिडी सकेपछी नुहाउछु र पानी खाएर एक्छिन आराम गर्छु। र ब्रेकफास्ट गर्छु। ब्रेकफास्टमा यही नै खाने भन्ने छैन प्राय: कन्फेक्स, एक गिलास दुध, फ्रुट  जुस र फलफुल नियमीत खान्छु। र घरबाट निस्कन्छु। प्राय विहान आठ बजे घरबाट निस्कन्छु।

विहानको खाना घरबाटै आउँछ, बेलुकाको घरमा

मेरा लागि सबैभन्दा प्राथामिकता सधैँ बिरामी नै हुन्छन्। घरबाट सामान्य ब्रेकफास्ट लिएर निस्किए पछि म बिरामीसँगै हुन्छु। बिहानको खाना घरमा बिरलै खाइन्छ। न्युरो सर्जन भएदेखि मैले बिहानको खाना निकै कम खाएको छु। तर खाना भने सधै घरबाटै लिएन निस्कन्छु । मैले लैजान नभ्याए सहयोगीहरुले खाना ल्याइदिन्छन् । घरबाट लिएर आएको खाना अस्पतालमा १२ देखी १ बजे भित्र खान्छु। अस्पतालमै भएका बेला अप्रेसन कोठामै आउने सामान्य खानेकुरा ब्रेड, तरकारी, अमलेट खानेगर्छु।

बेलुकाको खाना भने घरमै खान्छु। चिल्लो र भुटेको तथा तारेको खानेकुरा धेरै खान्न। कहिलेकाहीँ ताजा घ्यूसहितको खाना खान मलाई मन पर्छ। इमर्जेन्सी बिरामी छैन भने सामान्यता टाइममा नै घर फर्किएको हुन्छु। मलाई घरमा खाना खान कसैले कुर्दैनन्, म पुग्दा सबैले खाइसकेका हुन्छन्।

डिनरमा यही नै खाने भन्ने हुँदैन।  सामान्य दालभात तरकारी हुन्छ र केही टुक्रा मासु समेत । मासु यसैको भन्ने छैन रातोमासु कम खान्छु तर थोरै भए पनि माछा मासु खानामा साथै हुन्छ। यसका साथै साग र सलाद पनि खानामा अनिवार्य रुपमा हुन्छ। जुन स्वास्थ्यका लागि निकै राम्रो हुन्छ र मलाई पनि खुबै मन पर्छ।  घरमा नै बनाएको चटपट मलाई असाध्यै मन पर्छ। समय हुँदा म आफैँ पनि बनाएर खान्छु।

फुर्सदमा कविता पढ्छु

बिहान आठ बजे निस्किएर राती घर पुग्ने भएकाले खासै समय त हुदैन तर फुर्सदको समयमा कविताहरु पढ्ने गर्छु। पहिले पहिले समय भएको बेलामा आफैले कविता लेख्ने गरे पनि आज भोली कविता लेख्दिन।

बिबिसी र सिएनन् च्यानल मैले सबै भन्दा धेरै हेर्ने च्यानल हुन्

हरेक दिन वेलुका खाना खाइ सकेपछी करिब १५ मिनेट टिभी हेर्छु।  बिबिसी र सिएनन् च्यानल मैले सबै भन्दा धेरै हेर्ने च्यानल हुन्। टेलिभिजन हेर्न बसेको समयमा अरु च्यानलमा राम्रो कार्यक्रम आएको भए त्यो पनि हेर्ने गरेको छु।   कहिलेकाहीँ त टिभी हेर्दाहेर्दै सोफामै निदाइन्छ। सामान्यतया ११ बजे सुतिसकेको हुन्छु।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “यस्तो छ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको फिटनेश रहस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *