महाराजगन्ज मेडिकल क्याम्पसका विद्यार्थीद्वारा प्रदर्शन

काठमाडौँ, २८ असार । चिकित्सा शिक्षाको विशेषज्ञ तह (पीजी) अध्ययन गर्ने विद्यार्थीलाई मेरिटका आधारमा भर्ना गर्नुपर्ने माग सहित चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

महाराजगन्ज क्याम्पसका स्ववियु विद्यार्थीहरुले विभिन्न चारबुँदे माग राख्दै बुधबार माइतीघर मन्डलाबाट र्‍याली निकालेको हो ।

क्याम्पसका  स्ववियु अध्यक्ष मिलन गैरेले मेरिट लिस्टमा परेका विद्यार्थीको भर्ना नलिएअन्य भर्ना खारेज हुनुपर्ने, अब हुने भर्ना चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमबाटै हुनुपर्ने  लगायतका  माग राख्दै माग पूरा नभएसम्म  आफूहरुको संघर्ष नरोकिने बताए ।

सर्वोच्च अदालतले दिएको आदेश विपरीत मेडिकल कलेजहरुले जथाभावी भर्ना लिन थालेपछि सुरु भएको विद्यार्थी, चिकित्सक एवं सरोकारवालाहरुले संघर्ष जारी राखेका हुन् ।

यस अघि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले चिकित्साशास्त्रतर्फ चालू शैक्षिक सत्रमा योग्यताक्रम (मेरिट)अनुसार सात दिनभित्र विद्यार्थी भर्ना लिन मेडिकल कलेजहरुलाई निर्देशन  समेत दिइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *