‘कम्युनिटी पोष्टिङ’मा गएका चिकित्सकले गरे ‘प्लेकार्ड’ प्रदर्शन


दाङ, २७ असार । कम्युनिटी पोष्टिङ अन्तर्गत राप्ती अञ्चल अस्पताल दाङ मा विशेषज्ञ सेवा दिन पुगेका चिकित्सकले सेवा बहिस्कार गरि प्लेकार्ड प्रदर्शन गरेका छन् ।

सम्झौता अनुसारको सुविधा सरकारले नदिएको भन्दै एक साता अघि देखि आकस्मिक बाहेकका सेवा बहिस्कार गरेका उनीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी रहने घोषणा गरेका छन् ।

उनीहरु आन्दोलनमा उत्रिदा जिल्लामा दिइने भनेको विशेषज्ञ सेवा ठप्प प्राय भएको छ । तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले गत १ फागुन देखि पीजी अध्ययनरत विद्यार्थीहरुलाई कम्युनिटी पोष्टिङ अन्तर्गत विभिन्न जिल्ला तथा अञ्चल अस्पतालमा गएर सेवा दिने व्यवस्था सुरु गराएका थिए ।

उनीहरुलाई त्यसरी सेवा दिएबापत मासिक २० हजारका दरले डेढ महिनाको ३० हजार र पाँच हजार यातायात खर्च गरी कुल ३५ हजार रकम सम्झौता समेत गराएका थिए । तर त्यसको कार्यान्वयन हुन सकेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *