स्वास्थ्य चौकीलाई एक रोपनी जग्गादान

इलाम, २७ असार । इलाम नगरपालिका–३ पुवामझुवाका एक राई परिवारले स्थानीय स्वास्थ्य चौकीलाई एक रोपनी जग्गा दान गरेका छन् ।

पुवामझवा मुढेका रामबहादुर राईले स्व पिता मनबहादुर राईको सम्झनामा स्वास्थ्य चौकीलाई करिब एक लाख मूल्य पर्ने एक रोपनी जग्गा दान दिएका हुन्।

गाउँघर क्लिनिक सञ्चालनका लागि भवनलगायतका संरचना निर्माण गर्न राईले मुढेमा रहेको एक रोपनी जग्गा सोमबार पुवामझुवा स्वास्थ्य केन्द्रको नाममा रजिष्टे«शन पास गरिदिनुभएको स्वास्थ्य चौकीका अहेब तेजबहादुर सोडारीले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *