काठमाडौँ उपत्यका महामारीजन्य रोगको उच्च जोखिममा

काठमाडौँ, २५ असार । जिल्ला जनस्वास्थ्य कार्यालयले सम्भावित महामारी रोगको जोखिम न्युनिकरणका लागि आवश्यक तयारी भएको बताएको छ । उसले गर्मी तथा बर्खामासमा विभिन्न खालका सरुवा रोग फैलन सक्ने भन्दै आवश्यक औषधि तथा रेपिड रेस्पोन्स टीम (आरआरटी) तयारी अवस्थामा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोगमा सञ्जीवनी हेल्थ मिडिया प्रालिद्धारा आज आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा काठमाडौँका जनस्वास्थ्य प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले सो जानकारी दिएका हुन् ।

उनले महामारीजन्य रोगहरु धेरै खालका हुने भन्दै उपत्यकामा झाडापखाला र हैजा रोगको जोखिम अरु भन्दा बढी भएको बताए । उनले आफूहरु झाडापखला र हैजा तथा अन्य सरुवा रोगको जोखिम न्युनिकरणमा क्रियाशिल रहेको बताए ।

कार्यक्रममा बोल्दै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका बरिष्ठ सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले उपत्यका महामारीजन्य रोगको उच्च जोखिममा रहेको भन्दै हाम्रो स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पर्ने औल्याए ।

उनले व्याक्टेरिया तथा भाइरसहरुले रुप फेरिरहेको भन्दै प्रयोगशाला परीक्षणलाई विस्तार गर्नुपर्ने बताए । प्रयोगशाला परीक्षण नभएकै कारण नयाँ सरुवा रोगलाई अज्ञातको दर्ता दिनुपर्ने अवस्था आएको भन्दै यसमा सम्वन्धीत निकायको ध्यानजानुपर्ने बताए ।

सरुवा रोग नियन्त्रणगर्न सकिने रोग भन्दै डा पुनले त्यसका लागि व्यक्ति स्वयंले आफ्नो आनीबानीमा सुधार गर्नुपर्ने बताए । ‘अहिले धेरै जसो रोग पानीकै कारण देखिएको छ भन्दै उनले पानीलाई उमालेर खानु सबैभन्दा सुरक्षीत हुने बताए ।

काठमाडाँै महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले महानगर सरुवा रोगको जोखिममा रहेको भन्दै सम्भावित महामारी रोक्न विभिन्न निकायसंग सहकार्य गरेको बताए । उनले स्वास्थ्य खानेपानी, शिक्षा, कृषि, बाताबरण लगायतका मन्त्रलयसंग सहकार्य गरी अघि बढेको बताए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्यका फोकल पर्सन ध्रुव अधिकारीले जिल्लाले गरेको तयारी र नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपानेले सञ्चारमाध्यमले उठाएका सरुवा तथा महामारीजन्य रोगको विषयमा बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *