बीएन्डसी अस्पतालमा घुँडाको सफल प्रत्यारोपण

झापा, २३ असार । अर्जुनधारा नगरपालिका–६ पुल्चोक निवासी ६३ वर्षीया मीरादेवी बुढाथोकीको दुई वटै घुँडाको सफल प्रत्यारोपण गरिएको छ ।

वुढाथोकीको घुँडा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा प्रत्यारोपण गरिएको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बुढाथोकीको घुँडा डा निराजन पराजुलीले प्रत्यारोपण गरेको जानकारी दिए ।

बुढाथोकीले अस्पतालको उपचारप्रति आफू पूर्ण सन्तुष्ट रहेको बताउँदै भने, “भारतको सिलगढी, पञ्जाब, काठमाडौँको ग्राण्डी अस्पताल र अस्ट्रेलियामा पनि देखाएँ, मलाई घुँडा फेर्न आँट आएको थिएँ तर बी एण्ड सीमा घरकै खाना खाएर उपचार हुने भएपछि डाक्टरको सल्लाहबमोजिम घुँडा फेरे घाउ पनि निको भइसक्यो, म अहिले अत्यन्तै खुशी छु ।”

“अष्ट्रेलियामा बसेकी छोरीकामा जाँदा त्यहाँस्थित अस्पतालमा देखाएकी थिएँ” उनले भने, एउटा घुँडा फेरेको नेपाली रुपैयाँ १० लाख लाग्ने रहेछ, यहाँ त चानचुन सात लाखमा नै उपचार भयो । उपचारमा संलग्न डा पराजुलीले प्रत्यारोपण गरिने पाङ्ग्राको गुणस्तर हेरेर मूल्य फरक पर्ने बताए। फेरिएको घुँडाले २० वर्षसम्म काम गर्ने डा पराजुलीले जानकारी दिए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *