पाल्पामा स्वास्थ्य बीमाप्रति आकर्षण बढ्यो

पाल्पा, २२ असार । रम्भा गाउँपालिका–२ को फोक्सिङकोटमा स्वास्थ्य बीमा गराउनेको आकर्षण बढ्दो छ ।

केही समय अघिसम्म स्वास्थ्य बीमासम्बन्धी यहाँका बासिन्दाले त्यति चासो दिएका थिएनन् । गाउँकै मीनकुमारी पाँडे मगरले रु ३९ हजार बराबरको औषधि उपचार निःशुल्क पाएपछि यहाँका स्थानीयवासी धमाधम स्वास्थ्य बीमा गराउन थालेका छन् ।

फोक्सिङकोटका ७० घरपरिवारका १४५ जनाले अहिले स्वास्थ्य बीमा गराइसकेका स्थानीय एवत सारुले बताए । अहिले स्वास्थ्य बीमा गर्नेको लहर बढेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *