अल्वानियामा ट्युमर र मुटुको रोगबाट धेरैको मृत्यु

 

 अल्वानिया, २१ असार । मुटुसम्बन्धी रोग र विभिन्न प्रकारका ट्युमरका कारण अल्वानियामा धेरै नागरिकको मृत्यु भएको पाइएको छ ।

इन्स्टिच्युट अफ स्टाटिस्टिक्स् नामक एक संस्थाले गरेको सर्वेक्षणको बुधबार प्रकाशित प्रतिवेदनमा मुटु र ट्युमरलाई अल्वानियामा हुने मृत्युमध्ये सवै भन्दा धेरै जनाको ज्यानलिने रोगका रुपमा लिइएको छ ।

मुटुसम्बन्धी रोगबाट मृत्यु हुनेहरुको सङ्ख्या सन् २०१६ मा ४.२ प्रतिशतले वृद्धि भई यहाँ भएका कुल मृत्युको ५२ प्रतिशत पुगेको बुधबार सार्वजनिक सो प्रतिवेदनमा उल्लेख छ ।

यसरी सो रोगका कारण पछिल्लो समयमा यहाँ मुटुरोगीको सङ्ख्या प्रतिदिन बढिरहेको पाइएको छ । तर सो प्रतिवेदनमा के कति कारणले यहाँ मुटुका रोगी बढिरहेका छन् भन्ने बारेमा भने केही बताइएको छैन ।

मुटुसम्बन्धी रोगबाट मृत्यु हुनेहरुको सङ्ख्यालाई विभिन्न प्रकारका ट्युमरबाट मृत्यु हुनेहरुको सङ्ख्याले पछ्याई रहेको पनि सो तथ्याङ्कमा देखाइएको छ ।

ट्युमरबाट मृत्यु हुनेहरुको सङ्ख्या पनि देशभरमा बढेको छ । यसबाट मृत्यु हुनेहरु अहिलेसम्म यस वर्ष दुई प्रतिशत बढेर कुल १६ प्रतिशत पुगेको पाइएको छ ।

यी मध्ये फोक्सोमा ट्युमर भएर मृत्यु हुनेहरुको सङ्ख्या २०.४ प्रतिशत रहेको छ । प्रतिवेदनमा अल्वानियामा विभिन्न ट्युमरका कारण हुने मृत्युमध्ये फोक्सोमा हुने ट्युमरबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा पनि २०.४ प्रतिशत रहेको हो ।

प्रतिवेदनमा उल्लेख गरिएका तथ्याङ्कका अनुसार, गत वर्ष दुई लाख १३ हजार ८८८ जनाको मृत्यु भएको छ । ती मध्ये ५२.८ जना पुरुष र ४७.२ प्रतिशत महिला रहेका छन् ।

देशभरमा कुल मृत्यु भएकामध्ये ८७.४ प्रतिशतको मृत्यु प्राकृतिक कारणले भएको छ । त्यस बाहेक २।१ प्रतिशतको सवारी दुर्घटना र १.१ प्रतिशतले आत्महत्या गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । रास/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *