१० बर्षीया बालिकाको पेटबाट झिकियो ७ किलोको ट्युमर

काठमाडौँ, २१ असार । कान्ति बाल अस्पतालका चिकित्सकहरुले १० बर्षीया बालिकाको पेटबाट ७ किलो तौलको ट्युमर झिकिदिएका छन् । मंगलबार दिउसो तीन घण्टा लामो शल्यक्रिया गरि उनीहरुले बालिकाको पेटबाट त्यति ठूलो ट्युमर झिकेका हुन् । शल्यक्रिया पछि बालिकाको अवस्था सामान्यउन्मुख छ ।

भेडाबारी प्युठानकी ती बालिका शिला नेपालीको पेटमा जन्मेको आठ महिनाको उमेर देखि अस्वभाविक डल्लो देखिन थालेको थियो । सो डल्लो क्रमश बढदै गएपनि आर्थिक अभाव र जनचेतनाका कमीका कारण परिबारले समयमै उपचारका लागि अस्पताल पुरयाउन सकेनन् ।

विस्तारै बस्न, उभिन र सुत्न समेत अप्ठेरो पर्न थालेपछि एक सामाजिक संस्थाको सहयोगमा बालिकालाई यसपटक उपचारका लागि कान्ति ल्याइएको हो । कान्तिमा उनको शल्यक्रिया बरिष्ठ बाल शल्य चिकित्सक डा आरपी चौधरीको टोलीले गरेको हो ।

‘यो ट्युमरलाई ‘रेक्टोपेरिटोनियल टेराटोमा’ भन्दछौँ, यति सानो उमेरमा यति ठूलो ट्युमर रहँदा सम्म बच्चा सकुशल रहनु आश्चर्यको विषय हो,’ डा. चौधरीले अगाडी थपे, ‘त्यसकारण पनि यो जटिल शल्यक्रिया हो तर सफल भयो ।’

ट्युमर बढदै जाँदा पेटका महत्वपूर्ण अंगलाई समेत थिचेका कारण बच्चामा अन्य समस्या समेत थपिदै गएको भन्दै उनले शल्यक्रिया पछि सबै समस्या समान्य भएको बताए ।

उनले झिकिएको ट्युमरको बायप्सी गर्न पठाइएको भन्दै जटिल क्यान्सरको अवस्था हो होइन भन्ने बारे पछि भन्न सकिने जानकारी दिए । ट्युमरमा कुर्कुरे हड्डी मासु र कार्टिलेज जस्तो तरल पदार्थ रहेको बताए ।

उनले यस्तो खालको ट्युमर संसारका एक दुई प्रतिशतलाई मात्रै हुनसक्ने भन्दै आफूले अप्रेशन गर्दा पनि परिवारसंग हाइरिस्क कन्र्सन लिएर सुरु गरेको बताए । ‘यो शल्यक्रिया जटिल मध्येको थियो । त्यसैले जे पनि हुनसक्थ्यो त्यो कुरा परिबारलाई पहिल्यै भनेका थियौँ उहाँहरुले हुन्छ भनेपछि मात्रै शल्यक्रिया सुरु गरेका हौँ तर बालिकाको शल्यक्रिया सफल भयो,’  डा चौधरीले भने ।

अस्पतालका निर्देशक डा गणेश राईले आम सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच पुरयाउन कान्तिले जटिल सल्यक्रिया गर्दै आएको भन्दै त्यसैको एक उदाहरण मंगलबारको शल्यक्रिया भएको प्रतिक्रिया दिए ।

बालिकाको शल्यक्रिया डा. चौधरीको नेतृत्वमा डा. अनुपमा थापा, डा. राजीव मिश्र, डा. रेष्मा श्रेष्ठ, डा. सदिक्षा डा. कृष्ण भट्टराई सहित नर्सिङ टोली खटिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *