त्रिवि आइओएमको डीन कार्यालयमा स्ववियुले लगायो ताला

काठमाडौँ, २० असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम डीन कार्यालयमा तालाबन्दी भएको छ । महाराजगञ्ज मेडिकल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन( स्ववियु)ले तालाबन्दी गरेको हो ।

हिजो मात्रै स्ववियुले डीन प्राडा जगदीश प्रसाद अग्रवाल समक्ष ६ बुँदे माग अघि सार्दै २४ घण्टाको अल्टिमेटम दिएको थियो । सो अवधीमा माग पुरा हुने अवस्था नभएपछि कार्यालयमा तालबन्दी गरेको हो ।

स्ववियु सभापति डा मिलन गैरेले चिकित्सा शिक्षा सुधारका लागि उठाएका आफ्ना मागहरु वेवास्ता गरिएपछि बाध्यभएर तालाबन्दीमा उत्रिनु परेको बताए । उनले माग सम्वोधन नहुँदा सम्म आफूहरुको आन्दोलन नरोकिने स्पष्ट पारे ।

स्ववियुले डीनको आदेशमा गरिएको गैरकानूनी एमबीबीएस भर्ना रद्ध गरी सम्लग्न जो कोहीलाई कारबाही गर्नुपर्ने । काउन्सिलिङबाट छनौट भएका विद्यार्थीको भर्ना व्यवस्था आइओएम डीन अफिसबाट गरि सम्वन्धीत कलेजमा सिफारिस गर्नुपर्ने ।

पीजी आरक्षण कोटाकोको भर्ना सम्वन्धमा गठित प्राडा इश्वर लोहनीको कार्यदलले तयार गरेको प्रतिवेदन अनुरुप भर्ना हुनुपर्ने र उक्त कार्यविविध अनुरुप नभएको विद्यार्थी भर्ना खारेज गर्नुपर्ने, आइओएम अन्तर्गत भएका सम्पूर्ण पीजी कार्यक्रमहरु यसैबर्षबाट निशुल्क गर्दै हालै जनस्वास्थ्य संकायमा देखिएको समस्या हल गर्दै पठन पाठन सुचारु गरिनुपर्ने उल्लेख छ ।

स्ववियुले स्वास्थ्य मन्त्रालयसंग भएको कम्युनिटी पोष्टिङको लागि भएको सम्झौता अनुरुप रेसिडेन्ट डाक्टरहरुलाई सेवा सुविधा उपलव्ध गराउनुपर्ने र एमबीबीएस भर्ना सम्वन्धमा निजी मेडिकल कलेजमा भर्ना हुन चाहने विद्यार्थीहरुको मेरिट लिष्ट सार्वजनिक गरि आइओएम डीन अफिसबाटै भर्ना गरि सम्वन्धित विद्यार्थी सिफारिस गर्नुपर्ने लगायतका माग छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *