आइओएमका डीन समक्ष स्ववियुको ६ बुँदे माग, पुरा नभए भोली देखि तालाबन्दी

काठमाडौँ, १९ असार । महाराजगञ्ज मेडिकल कलेज स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्राडा जगदीशप्रसाद अग्रवाल समक्ष ६ बुँदे माग अघि तेस्र्याएको छ ।

उसले २४ घण्टा( भोली विहान)सम्म आफ्ना माग पुरा नगरे भोली दिउसोदेखि डीन कार्यालयमा तालाबन्दी गर्ने जनाएको छ ।क्याम्पसका स्ववियु अध्यक्ष डा मिलन गैरेद्धारा जारी विज्ञप्तीमा डीन डा अग्रवाललाई पाँच आरोप लगाइएको छ ।

के के हुन आरोप ?
स्ववियु अध्यक्ष डा गैरेद्धारा सोमबार जारी विज्ञप्तीमा डीन अग्रवाल माथि एमबीबीएसको विद्यार्थी भर्नामा चलखेल गरेको गरेको गम्भीर आरोप समेत लगाइएको छ ।

विज्ञप्तीमा डीनको आदेशमा निजी कलेजमा समेत रजिष्टेशन समय सकिए पश्चात एमबीबीएस प्रथम वर्षमा नियम विपरीत काउन्सिलिङबाट किष्ट मेडिकल कलेजमा छनौट भएको विद्यार्थी ६ महिना पछि डीनको ठाडो आदेशमा आइओएममा भर्ना गराएको भनिएको छ ।

त्यस्तै हालै भएको पीजी ओपन हाउस काउन्सिलिङबाट छनौट भई अदालतले पनि सम्वन्धीत कलेजमा भर्ना गराउन दिएको आदेशलाई वेवास्ता गरेको, विगतमा पीजी आरक्षण सम्वन्धमा गरिएको आन्दोलनको निष्कर्ष स्वरुप स्ववियु, कर्मचारी र डीनसंग भएको सम्झौताको वेवास्ता गरिएको , रेजिडेन्टसंगको सम्झौता अनुसारको सेवा सुविधाका लागि पहल नगरेको लगायतका आरोप छ ।

के के हुन मागहरु ?
स्ववियुले डीनको आदेशमा गरिएको गैरकानूनी एमबीबीएस भर्ना रद्ध गरी सम्लग्न जो कोहीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । त्यस्तै पीजी काउन्सिलिङबाट छनौट भएका विद्यार्थीको भर्ना व्यवस्था आइओएम डीन अफिसबाट गरि सम्वन्धीत कलेजमा सिफारिस गर्नुपर्ने ।

पीजी आरक्षण कोटाकोको भर्ना सम्वन्धमा गठित प्राडा इश्वर लोहनीको कार्यदलले तयार गरेको प्रतिवेदन अनुरुप भर्ना हुनुपर्ने र उक्त कार्यविविध अनुरुप नभएको विद्यार्थी भर्ना खारेज गर्नुपर्ने, आइओएम अन्तर्गत भएका सम्पूर्ण पीजी कार्यक्रमहरु यसैबर्षबाट निशुल्क गर्दै हालै जनस्वास्थ्य संकायमा देखिएको समस्या हल गर्दै पठन पाठन सुचारु गरिनुपर्ने उल्लेख छ ।

स्ववियुले स्वास्थ्य मन्त्रालयसंग भएको कम्युनिटी पोष्टिङको लागि भएको सम्झौता अनुरुप रेसिडेन्ट डाक्टरहरुलाई सेवा सुविधा उपलव्ध गराउनुपर्ने र एमबीबीएस भर्ना सम्वन्धमा निजी मेडिकल कलेजमा भर्ना हुन चाहने विद्यार्थीहरुको मेरिट लिष्ट सार्वजनिक गरि आइओएम डीन अफिसबाटै भर्ना गरि सम्वन्धित विद्यार्थी सिफारिस गर्नुपर्ने लगायतका माग छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *