कान्ति बाल अस्पतालमा हाडजोर्नी सेवा पुन: सुचारु

काठमाडौँ, १९ असार । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा बच्चाको हाडजोर्नी सेवा पुन सुरु भएको छ । अर्थोपेडिक सर्जन नभएपछि अस्पतालले दिदै आएको सेवा तीन बर्ष देखि बन्द भएको थियो ।

भर्खरै सरुवा भई कान्ति पुगेका कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा सन्तोष पौडेलले तीन बर्ष देखि बन्द भएको सेवा पुन सुचारु गरेका हुन् । आज उनले चार बर्षिया बालिका र आठ बर्षिय बालकको भाँचिएको हातको सल्यक्रिया गरी सेवा सुचारु गरेका हुन् ।

कान्तिमा पहिले सेवा थियो तर जनशक्ति नभएपछि करीब तीन बर्ष अघि देखि यो सेवा रोकिएको रहेछ । अव म आएको छु । कान्तिमा अर्थोपेडिक सेवा पुन सुचारु भएको छ । डा पौडेलले अगाडी थपे, चोटपटक देखि मेरुदण्ड तथा हाडजोर्नी सम्वन्धी जन्मजात समस्याको उपचार सेवा कान्तिमा हुनेछ ।

अर्थोपेडिक तथा स्पाइन सर्जन डा पौडेलले हप्ताको दुई दिन सोमबार र शुक्रबार अप्रेसन र आइतबार र बुधबार ओपिडीमा बस्ने तालिका बनाएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा गणेश राईले कन्सलटेन्ट अर्थोपेडिक सर्जनबाट केही बर्ष यता देखि रोकिएको बच्चाको हाडजोर्नी सेवा पुन सुरु भएको बताए । उनले कान्तिमा बच्चाको आँखा सेवा पनि सुरु गर्ने तयारी थालिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “कान्ति बाल अस्पतालमा हाडजोर्नी सेवा पुन: सुचारु

Leave a Reply

Your email address will not be published. Required fields are marked *