पर्यटक घटेको डेङ्गुको प्रकोपले होइन : श्रीलङ्काली मन्त्री

कोलम्बो, १५ असार । डेङ्गुको प्रकोपका कारण श्रीलङ्कामा पर्यटक आगमनमा कुनै असर नपारेको श्रीलङ्काली एक जना मन्त्रीले जानकारी दिएका छन् ।

श्रीलङ्काली पर्यटक मन्त्री जोन अमरातुङ्गाले भनेका छन्– यहाँ केही समययतादेखि डेङ्गु सङ्क्रमणको प्रकोप त छ तर पनि यसका कारण यहाँ विदेशी पर्यटकको आगमनमा कुनै असर गरेको छैन ।

यो महिना विगतको तुलनामा पर्यटक आगमनमा असर परेको स्वीकार गर्दै उनले भने– पर्यटक घटेका त छन् तर पनि डेङ्गुले गर्दा नभई यो बाढी पहिरोको प्रकोपका कारणले हो ।

अमरातुङ्गाले संवाददाताहरुसँग डेङ्गुको प्रकोप पनि पछिल्लो समयमा नियन्त्रणमा आएको र अब यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नेतर्फ सरकारले काम गरिरहेको उनले बताए ।

यस सङ्क्रमणका कारण श्रीलङ्कामा २१० जनाको ज्यान गइसकेको छ । साथै यसका कारण राजधानी कोलम्बो र यसको आसपासका क्षेत्रका करिब ७० हजार जना बिरामी भएका थिए ।

श्रीलङ्कामा गत वर्ष २० लाख पर्यटक आएका थिए । यस वर्ष यहाँको सरकारले कम्तीमा पनि २५ लाख पर्यटक भित्र्याउने योजनाका साथ काम गरिरहेको समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *